लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

असइले गरे चार महिने छोराको हत्या, पत्नीमाथि पनि आक्रमण

सत्ति / डोटी घरमा भएका एकजना असइमाथि आफ्नै चार महिने छोराको हत्या गरेको अभियोग लागेको छ ।
चार महिने छोराको विभत्स तरिकाले हत्या गरी श्रीमतीलाई समेत कुटपिट गरेको आरोपमा डोटीको शिखर नगरपालिका–५ का पुष्कर कार्की नागढुंगाबाट पक्राउ परेका हुन् ।

उनी प्रहरी जवान रहेकी श्रीमती विस्ना साउदसंगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत थिए । काठमाडौं सिनामंगलमा डेरा गरी बस्ने कार्कीको छोरा जन्मजात ब्रेन ट्युमरको बिरामी भएको बताइएको छ । उपचारमा रकम अभाव भएपछि उनीहरूले आफन्त र साथीभाइबाट सहयोग जुटाइरहेका थिए ।

पत्नी विस्नासँग छोराको विषयलाई लिएर सामान्य भनाभन भएको बताइएको छ । सोही क्रममा उनले अन्धाधुन्ध चक्कु प्रहार गरी खाटमा सुतिरहेका छोराको घाँटी रेटेको र पत्नीले प्रतिवाद गर्दा उनलाई पनि आक्रमण गरेको बताइएको छ । शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर घाइते बनेकी विस्ना महाराजगन्जस्थित नेपाल प्रहरीको अस्पतालको आईसीयूमा उपचाररत् छिन् । उनले गतवर्ष मात्रै बिहे गरेका थिए ।


प्रकाशित : २०८२ मंसिर २२ सोमबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप