लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

एम्बुलेन्स प्रयोग गरी अवैध चिनियाँ चुरोट ओसार पसार गर्ने पक्राउ

रसुवा / एम्बुलेन्स प्रयोग गरी अवैध रूपमा चिनियाँ चुरोट ओसार–पसार गर्ने चार जनालाई जिल्ला प्रहरी कार्यालय रसुवाले पक्राउ गरेको छ।
रसुवा जिल्लाको उत्तरगया गाउँपालिका –५ स्थित पासाङ ल्हामु राजमार्ग अन्तर्गतको सडक खण्डमा सवारी साधन जाँच गर्ने क्रममा शंकास्पद अवस्थामा रहेको एम्बुलेन्सबाट ठूलो परिमाणमा चुरोट बरामद गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी राजु शाहका अनुसार बाप्र ०१००२ झ ५४२६ नम्बरको एम्बुलेन्स भित्र अघि तथा पछिको भागमा लुकाइछिपाइ गरी राखिएको ‘हर्मोनाइजेशन’ लेखिएको ३ हजार ४ सय ४० बट्टा चिनियाँ चुरोट फेला पारिएको हो। बरामद चुरोटको अनुमानित मूल्य करिब ८ लाख ९० हजार रुपियाँ बराबर रहेको छ।
उक्त एम्बुलेन्समा सवार चालक सहित चार जना लाई नियन्त्रणमा लिइएको छ। पक्राउ पर्नेमा आमाछोदिङमो गाउँपालिका –३ का ४३ वर्षीय दावा तामाङ (चालक),२७ वर्षीय माक्सु तामाङ, ३२ वर्षीय सुसिल तामाङ र ३६ वर्षीया सुनिता तामाङ रहेका छन्।
घटनामा प्रयोग गरिएको एम्बुलेन्स तथा चुरोट बरामद गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।


प्रकाशित : २०८२ चैत्र ११ बुधबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप