नेपाल–भारत खुला सिमाना क्षेत्र खक्रौलामा सशस्त्र प्रहरीको तैनाथले सीमाको सुरक्षा, चोरी–तस्करी नियन्त्रण र आपराधिक गतिविधि रोक्न अहम् भूमिका निर्वाह गरेको छ।
राष्ट्रिय सुरक्षाको दृष्टिले यो जिम्मेवारी संवेदनशील र चुनौतीपूर्ण छ। तर,सुरक्षा कार्यको प्रभावकारिता सँगै नागरिकको सम्मान, मानव अधिकारको संरक्षण र कानुनी प्रक्रियाको पारदर्शिता पनि उत्तिकै आवश्यक पक्ष हुन्।

पछिल्लो समयमा सशस्त्र प्रहरी खक्रौला नाकाकाे कमान्ड सम्हाल्न आएका डिएसपी प्रदिप पाैडेलले शक्तिको आडमा ,बर्दिकाे आडमा सर्वसाधारणलाई अनावश्यक सास्ती दिने गरेका फेहरिस्त दर्जनभन्दा बेशि छन् । उनी आउने बित्तिकै टिकापुर नगरपालिका वडा नम्बर ४ कि भारत बाट सामान लिएर आउँदै गरेकि एकजना महिलालाई सशस्त्र क्याम्प भित्र लिएर निलडाम हुने गरि कुटपिट गरे तर जेनजि आन्दोलनको रापतापकाे कारणले ओझेल परेको थियोे ।
माेहना नदिकाे पारि रहेको सशस्त्रको क्याम्प मै नागरिकलाई राेकेर सामान जफत गर्नु बर्दिकाे आडमा नागरिक माथि आतंक गर्नु हो ।त्यही क्याम्प बाट चिनेजानेकालाई बिना भन्सार सामान ओसारपसार गर्न दिने गरेका कैयन फेहरिस्त छन् । भन्सार सिमाना काटेर सामान जफत गर्नु कानुनी आधार भए पनि भन्सार नकट्दै नियन्त्रणमा लिने र जनतालाई सास्ती दिने सशस्त्र प्रहरी खक्राैलाकाे सिधै गुण्डागर्दि हो ।
स्थानीयवासी,नागरिक र पिडितबाट बारम्बार यस्ता गुनासो आउँदा समेत सशस्त्र प्रहरीको ३४ नम्बर गण प्रमुख,सशस्त्रको वैधनाथ बाहिनी अत्तरियाका प्रमुख,जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख सचेत नदेखिनु झन दुःखद पक्ष हो। यस्ता आरोपहरूले सुरक्षाकर्मी संस्थाप्रति नागरिकको विश्वास कमजोर बनाउने जोखिम रहन्छ।

हिजो मात्र टिकापुर १ का एकजना व्यक्तिकाे सामान वडाको सिफारिस हुँदा पनि सिफारिस केरमेट गर्दै माेहना नदि पारिबाटै सामान जफत गरेको छ । कानुनी प्रावधान १०० रुपैयाँ भन्दा बढिकाे सामानमा भन्सार तिर्नुपर्ने भएता पनि सशस्त्रले सामान जफत होइन सिधा भन्सार कार्यालय पठाउने हो । नागरिकको सामान जफत गर्ने अनि दुईचार दिन पछि साे सामान आधा आफुले राखेर आधा मात्र भन्सार बुझाउनु गलत हो ।
नागरिकको सुरक्षा सुनिश्चित गर्नु जति महत्त्वपूर्ण छ, उनीहरूको आत्मसम्मान जोगाउनु पनि त्यति नै जरुरी हुन्छ। सुरक्षा जाँचको नाममा भेदभावपूर्ण व्यवहार, मनलाग्दी सामान नियन्त्रण वा नागरिक माथि हातपातजस्ता घटना भएमा त्यसले संस्थाको छवि मात्र होइन, राज्यप्रतिको भरोसामै असर पुर्याउँछ। त्यसैले खक्रौलामा कार्यरत सुरक्षाकर्मीले स्पष्ट कार्यविधि अनुसारको सबै नागरिक माथि समान व्यवहार र शिष्ट आचरणलाई कडाइका साथ पालना गर्नुपर्छ। आवश्यक परे आन्तरिक अनुगमन संयन्त्र सुदृढ गर्ने, गुनासो सुन्ने प्रभावकारी व्यवस्था गर्ने र दोषी देखिए कारबाही गर्ने अभ्यासले मात्र विश्वास पुनःस्थापित हुन सक्छ।
सुरक्षा निकाय र नागरिकबीचको सम्बन्ध द्वन्द्वको होइन,सहकार्यको हुनुपर्छ। सीमाक्षेत्रका बासिन्दा राज्यका साझेदार हुन्, शंका गरिने पात्र होइनन्। “नागरिक मैत्री प्रहरी” भन्ने अवधारणा व्यवहारमा देखिन सके मात्र कानुन कार्यान्वयन प्रभावकारी हुन्छ। कानुनसम्मत कडाइ र मानवीय संवेदनशीलताको सन्तुलन कायम गर्दै पारदर्शी, जवाफदेही र नागरिकमैत्री कार्यशैली अपनाउनु आजको आवश्यकता हो। यसले न केवल सीमाको सुरक्षा बलियो बनाउँछ, बरु राज्य र नागरिक बीचको भरोसा पनि सुदृढ गर्दछ।











समाचार 