लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

किसान बहुउद्देश्यीयको टीकापुर ईकाई भेला सम्पन्न

किसान बहुउदेशीय सहकारी संस्थाकाे ३१औं साधारण सभा पाैष ५ गते लम्किमा हुने भएकाे छ ।

भेलाबाट १२ जना प्रतिनिधि छनोट भएका छन्। छनोट भएका प्रतिनिधिहरूमा ‌ शेरबहादुर बिष्ट,तारा अधिकारी,शुभनाथ देवकोटा,चन्द्रप्रकाश रेग्मि ,तारा बम,सारदा‌ धिताल ,पशुपति परियार, फूलकुमारी चौधरी ,नन्दकला तिमिल्सिना,गङ्गा साउद, लक्ष्मी सापकोटा र पवन रावल छानिएका छन्।

प्रतिनिधि छोनाैट भेलाका प्रमुख अतिथि टिकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारुले विकासमा निजी क्षेत्रको ठूलो भूमिका हुने बताउँदै किसान सहकारी संस्थाले सहयोग गर्न सकिने क्षेत्रमा सँगै हातेमालो गरी अगाडि बढाैं भन्नु भयाे । यस्तै उहाँले किसान बहुउद्देश्य सहकारी संस्थाले सुपथ मूल्य पसल सञ्चालन गर्न चाहेमा टिकापुर नगरपालिका साझेदारी भएर सहयोग गर्न तयार भएको बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका लेख सुपरिक्षण सदस्य कृष्णबहादुर रावलले संस्था बाह्य लगानीबाट मुक्त भएको बताउनुभयो। यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै अर्का अतिथि टिकापुर उद्योग वाणिज्य संघका महासचिव प्रकाश तिमिल्सिनाले आर्थिक अनुशासन तथा परिचालनमा किसान बहुउद्देशीय लाई सम्मान दिनुपर्ने बताउँनु भयाे। वहाले यसलाई कायम राख्नुपर्ने बताउँदै देशकै उत्कृष्ट सहकारी संस्था होस् भन्ने शुभकामना व्यक्त गर्नुभयो।

सञ्चालक समिति सदस्य कमलराज जोशीले टिकापुरमा हाल भाडामा लिएर संस्थाको काम भइरहेकोमा टिकापुरमा आफ्नै घर यसै वर्ष बनाउनुपर्ने बताउनुभयो। यस्तै पूर्व सञ्चालक सदस्य ललितजंग शाहले संस्थाले सम्पूर्ण पूर्वाधार लम्कीमा मात्र गरेको बताउँदै टीकापुर क्षेत्रमा अभिलम्ब आफ्नो निजी घर बनाई कार्यालय सञ्चालन गर्नुपर्ने बताउनुभयो।

गत वार्षिक भेलाका इकाई प्रतिनिधि तारा बमले शुभकामना व्यक्त गर्दै किसान बहुउद्देश्यीय‌ सहकारी संस्थाले‌ सेयर सदस्य तथा ऋणी तथा बचतकर्तालाई जन्मदेखि मृत्युसम्म सहयोग गर्ने गरेको बताउनुभयो।‌ कार्यक्रममा किसान बहुउद्देश्यीय संस्थाका सदस्य सुरक्षण मृत्यु लाभ सुविधा यो वर्ष हिरादेवी चौधरीको मृत्यु भएकोले उहाँकी छोरी सुस्मिता चौधरीलाई रु ७ लाख ९६ हजार ३सय ९६ रुपैयाँकाे चेक प्रदान गरिएकाे थियो। संस्थाले संस्थाका तीनवटा केन्द्र नं १६०७ बाट सरिता चौधरीलाई केन्द्र २०२० बाट पद्मा देवी दर्लामी मगरलाई र केन्द्र नम्बर ९३३ बाट आशा कुमारी चौधरीलाई सम्मान गरेको थियो ।

सम्मानित हुनेहरुलाई १० ,१० हजार रुपैयाैका दरले रकम प्रदान गरिएकाे थियो। यस्तै सदस्य सुरक्षण कोषबाट चालु ‌ शैक्षिक वर्ष‌ २०८१/०८२ मा एसइइमा उत्कृष्ट अङ्क ल्याउने शेयर सदस्यका छोराहरू मध्यबाट विवेक बोहरा र सराेजा चौधरीलाई पाँच पाँच हजारका दरले छात्रवृत्ति प्रदान गरिएको थियो। यस्तै उत्कृष्ट शेयर सदस्यहरूमध्येबाट १० जनालाई सम्मान गरेको थियो। ‌ सम्मानित हुनेहरूमा ममता‌ खड्का, प्रेमबहादुर चौधरी, अन्जली महताे, प्रमाेद कुमार चौधरी ,हिरादेवी चौधरी, प्रह्लाद भक्त रावल, सीताराम शर्मा बजगाई ,पवन शाह, छत्रबहादुर धामी, शान्तिकुमारी चौधरीलाई सम्मान गरिएको थियो।

प्रगति प्रतिवेदन संस्थाका महाप्रबन्धक डम्बर कुमार शाहले प्रस्तुत गर्नुभएको थियो। प्रतिवेदन पेश गर्दै शाहले द्वन्दकालमा किसान सहकारी संस्थालाई टीकापुरका जनताले बचाएको बताउदै टिकापुरबासीले सहकारी माया गरेको र गर्दै जाने आशा व्यक्त गर्नुभयो। कार्यक्रममा स्वागत चन्द्रकान्त रेग्मीले गरेका थिए। बन्द सत्र र उद्क्रघाटन सत्रकाे अध्यक्षता संस्थाका कोषाध्यक्ष मयाराम धमलाले अध्यक्षता गरेका थिए भने कार्यक्रम सञ्चालन टिकापुर शाखा प्रमुख दुर्गाप्रसाद उपाध्यायले गरेका थिए ।


प्रकाशित : २०८२ मंसिर २७ शनिबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप