कैलालीको टीकापुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।
टीकापुर नगरपालिका–१ स्थित वन कार्यालय नजिकको डुडेझारी सडक खण्डमा बिहीबार राति भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको हो।

सुदूरपश्चिम प्रदेश ०१–००९ प ६७७८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सोही स्थानका ३५ वर्षीय रमेश शाही गम्भीर घाइते भएका थिए। दुर्घटनापछि उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको स्थानियले जनाएका छन।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।




समाचार 