रसुवा/श्री धैबुङ कालिका साना किसान कृषि सहकारी सस्था लि आब ०८१/०८२ मा १४ लाख ७८ हजार ५४९ रुपयाँ नाफा कमाएको छ । 
संस्थाको कुल लगानी ६ करोड १४ लाख ६८ हजार ४ सय रहेको भने कुल कारोवार ९ करोड १८ लाख ३० हजार ४६९ रुपैयाँ रहेको छ । सो कुरा श्री धैबुङ कालिका साना किसान कृषि सहकारी सस्था लि को १४ औ वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनमा जानकारी दिइएको हो ।

त्यसै गरी श्री धैबुङ कालिका साना किसान कृषि सहकारी सस्था लि को १४ औ वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनले हेमनाथ खतिवडालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ भने उपाध्यक्षमा नमराज न्यौपाने , सदस्यमा क्रमश विष्णुप्रसाद पौडेल , शान्ता तामाङ , रामकृष्ण पौडेल , सविना घिमिरे, पुर्णमाया थोकर, राम बहादुर तामाङ रहेका छन् ।
लेखा समिति सयोजक शंकर प्रसाद न्यौपाने सदस्य कमल बडाल र अप्सरा भट्ट रहेका छन् । सभाको उद्घाटन गर्दै प्रमुख अतिथि बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले सभाको उद्घाटन गरे सभामा प्रदेश सभा सदस्य इन्द्र गोतामे, कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटा लगायते शुभकामना दिएका थिए ।










समाचार 