लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नारायणपुर जेसिजकाे पच्चिसाैं शाखा अधिवेशन सम्पन्न,अध्यक्षमा संगित शाही

सत्ति /कैलालीको टिकापुर स्थित नारायणपुर जेसिजको २५ औं शाखा अधिवेशन सम्पन्न भएको छ ।

शनिबार भएको शाखा अधिवेशन बाट वर्ष २०२५ को लागि शाखा अध्यक्ष पदमा संगित शाही चयन भएका छन् । शाखा अधिवेशनले कार्यकारि उपाध्यक्षमा ज्ञानबहादुर रावल र पदम बहादुर साउँद चयन भएका छन् भने ,उपाध्यक्षहरुमा विकल्प खड्का,अशोक चौधरी,किरण थापा र बिनोद चौधरी चयन भएको निर्वाचन समितिका सदस्य भिम विकले जानकारी दिए ।

नवनिर्वाचित अध्यक्ष संगित शाहीले शाखाको महासचिवमा विकास रावल ,कानुनी सल्लाहकारमा रोमित चौधरी काेषाध्यक्षमा निरञ्जन रावल र बोर्ड अफ डाइरेक्टरमा शंकर के.सी. लाई मनाेनित गरेको जानकारी दिए । नारायणपुर जेसिज वर्ष २०२५ का अध्यक्ष दिलिप बुढाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष रुपक विष्ट प्रमुख अतिथि रहेका थिए ।

विशिष्ट अतिथि टिकापुर नगरपालिका वडा न ६ का अध्यक्ष बलिराम चौधरी रहेका थिए । कार्यक्रममा ट्राफिक व्यवस्थापनमा अतुलनीय याेगदान गरेको भन्दै टिकापुरमा कार्यरत ट्राफिक प्रहरी हवलदार देवि धिताल र लागूऔषध नियन्त्रणमा गाउँ बस्तीमा याेगदान गरेको भन्दै प्रहरी चाैकि सत्तिका इन्चार्ज सुशील चन्दलाई सम्मानित गरिएको थियोे ।

नवनिर्वाचित समितिलाई पद तथा गाेपनियताकाे सपथ ग्रहण निर्वाचन समितिले गराएको थियो । शाखा अधिवेशनमा विभिन्न वक्ताले मन्तव्य राखेका थिए । नवनिर्वाचित अध्यक्ष शाहीलाइ निवर्तमान अध्यक्ष दिलिप बुढाले चेन हस्तान्तरण गरेका थिए ।


प्रकाशित : २०८२ माघ १० शनिबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप