पुछरि/टिकापुर नगरपालिका वडा नम्बर ३पुछरि स्थित पशुपति ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडकाे १८ औं साधारणसभा सम्पन्न भएको छ ।
सहकारीका अध्यक्ष मानबहादुर चाैधरिको अध्यक्षतामा भएको कार्यक्रममा सभाका प्रमुख अतिथि सहकारीका पुर्व लेखा समिति सदस्य तथा बुद्धिजीवी खगराज रिजाल रहेका थिए ।
प्रमुख अतिथि रिजालले सहकारीले शेयर सदस्यकाे साथमा सहकारीले राम्रो प्रगती गरेको बताए । 

पशुपति सहकारी आफ्नो खुट्टामा उभिएको सहकारी भएको बताउँदै अन्य ग्रामीण विद्युत सहकारीकाे तुलनामा नमुना सहकारी भएको बताएका थिए । सहकारीमा ४ सय ९१ जना शेयर सदस्य रहेकाे सहकारीले आफ्नै जग्गामा भवन निर्माण गरि शेयर सदस्यलाई सेवाप्रदान गरेको छ । 
साधारणसभामा सहकारीकाे हालसम्मको शेयर पुँजी ३० लाख ४० हजार ८ सय रुपैयाँको रहेको आर्थिक वर्ष २०८१/ ०८२ मा ५ लाख ९ हजार रुपैयाँ खुद मुनाफा गरेको सहकारीका व्यवस्थापक प्रमाेद चाैधरिले जानकारी दिए ।
कार्यक्रममा पुर्व शिक्षक नरबहादुर थापा , पुर्व शिक्षक शान्ता सिंह घर्ती क्षेत्री ,टिकापुर ३ स्थित हंस एकेडेमीका प्रिन्सिपल तारा रिमाल लगायतका महानुभावले शुभकामना मन्तव्य राखेका थिए भने सहकारीका ऋण समितिका सदस्य मुक्ति आचार्यले कार्यक्रम संचालन गरेका थिए भने नियमित बचतकर्ता, असल ऋणिलाई सम्मान गरिएको थियो ।
सहकारीले मल खाद बिक्रीवितरण ,रेमिट्यान्स सेवा,निक्षेप संकलन तथा कर्जा लगानी र विद्युत खरिदबिक्री गर्ने गरेको छ ।












समाचार 