खक्राैला / खक्राैला स्थित सशस्त्र प्रहरीले सामान भन्सार कार्यालय नपुग्दै आफ्नो नियन्त्रणमा लिने र जिएसटि विल र भारतीय भन्सार बनाएको कागजात हुँदाहुँदै पनि व्यापारी र नागरिकलाई अनावश्यक हैरानी दिने शैली पुरानै हो ।
यो शैली मंगलबार साँझ पनि दाेहाेरिएकाे छ । सत्ती भन्सार कार्यालय बाट करिब एक किलोमिटर दक्षिणतर्फ रहेको सशस्त्रको गुल्मले जिएसटि विल र भारतीय कस्टम भएको सामान पनि सामान नियन्त्रण लिएर दुःख दिएकाे छ ।

साे सामानको व्यापारी रसिद अलीले बिल देखाउँदा पनि सशस्त्र प्रहरी नायब उपरिक्षक प्रदिप पौडेलले सामान नियन्त्रण लिएको आराेप छ । डिएसपी पाैडेलकाे भन्सार नपुग्दै सामान नियन्त्रणमा लिने काम सरासर गैरकानुनी भएको सत्ति भन्सार कार्यालयका निमित्त प्रमुख चक्र बहादुर साेनिले बताए ।
उनले गुल्मपति पौडेलले भन्सार कार्यालयसँग कुनै समन्वय नगर्ने उल्टै म ठूलो हुँ मैले सबै कानुन जानेको छु तपाईंले मलाई सिकाउनु पर्दैन भनेर भन्ने गरेको बताए । गैरकानूनी सामान भित्रिएको पाइएमा भने सशस्त्रले जुनसुकै ठाउँबाट सामान नियन्त्रणमा लिन सक्ने बताए । ‘भन्सार नतिरेको सामान नियन्त्रणमा लिने हो’ निमित्त प्रमुख सोनीले भने ।
‘भन्सार नतिरेर र भन्सार छलिका सामान नियन्त्रणमा लिने जायज हो’ तर यहाँ त नियतवस व्यापारी र सर्वसाधारणलाई दुख दिने गरेको छ ।उद्योग वाणिज्य संघ टिकापुरका सदस्य तथा व्यापारी सर्पराज साउँदले भने । सशस्त्र प्रहरी नायब उपरिक्षक पौडेलले जफत गरेको सबै सामान भन्सार नबुझाउने गरेको व्यापारीहरुकाे भनाइ छ ।
पाैडेलले खानेतेल,दाल ,माेवाइल भारतीय व्यापारी बाट मगाउने गरेको एक भारतीय व्यापारीले सुदुर सन्दर्भलाई बताए । उनका अनुसार तिकुनियाँ स्थित एक ठूला व्यापारी बाट मासिकरुपमा रकम असुल्ने दावि रहेको छ ।











समाचार 