के हो फेसबुकको ‘कन्टेन्ट मोनिटाइजेसन’ ? नेपालमा मोनिटाइजेसनका लागि आवश्यक मापदण्ड के-के हुन् ?
मेटाले नेपालमा फेसबुक कन्टेन्ट मोनिटाइजेसन सेवा औपचारिक रूपमा सुरु गरेसँगै नेपाली प्रयोगकर्ताले आफ्ना सामग्रीबाट आम्दानी गर्न सक्ने भएका छन्। मोनिटाइजेसनका लागि प्रोफेसनल मोड, कम्तीमा ५ हजार फलोअर्स, ६०,००० मिनेट वाचटाइम र १८ वर्ष उमेरजस्ता मापदण्ड पूरा गर्नुपर्छ। अब नेपाली क्रिएटरले भुक्तानी सिधै नेपाली बैंक खातामा लिन सक्नेछन्, तर मेटाका कडा नियम उल्लंघन गरेमा मोनिटाइजेसन सुविधा हट्न सक्छ।
काठमाडौँ मेटा (फेसबुकको माउ कम्पनी) ले नेपालका लागि फेसबुक मोनिटाइजेसन सेवा औपचारिक रूपमा खुलाएसँगै फेसबुकमा ‘कन्टेन्ट रेभिन्यू’ का लागि धेरैले चासो दिएका छन् ।

यसअघि मेटाले ‘इनभिटेशन बेसिस’ मा सीमित प्रयोगकर्तालाई मात्र कमाई सुविधा उपलब्ध गराउँदै आएको थियो तर गत अगस्ट ३१ देखि मेटाले ‘इन-स्ट्रीम एड्स’, ‘एड्स अन रील्स’ र ‘प्रफर्मेन्स बोनस’ जस्ता चरणबद्ध रूपमा हटायो र ‘फेसबुक कन्टेन्ट मोनेटाइजेसन’ सुरु गरेको हो ।
के हो फेसबुकको ‘कन्टेन्ट मोनिटाइजेसन’ ?
फेसबुकमा राखिने पोस्ट, फोटो, भिडियो, रील्स, स्टोरीज जस्ता सामग्रीमा मेटाले विज्ञापन राख्छ र त्यसबाट हुने आम्दानीको केही हिस्सा ‘क्रिएटर'(सामग्री निर्माता) लाई दिन्छ । अर्थात्, प्रयोगकर्ताले बनाउने सामग्री जति आकर्षक र इङ्गेजिङ हुन्छ, त्यति नै धेरै कमाइको सम्भावना बढ्छ ।
मोनिटाइजेसनका लागि आवश्यक मापदण्ड के-के हुन् ?
मोनिटाइज गर्ने फेसबुक ‘प्रोफाइल’ वा पेज ‘प्रोफेसनल मोड’ मा हुनुपर्ने । सो प्रयोगकर्ता कुन क्षेत्रमा काम गर्छ भन्ने खुलाउनुपर्छ । जस्तै ‘डिजिटल क्रिएटर’, ‘गायक’, ‘अभिनेता’, ‘जर्नलिस्ट’ आदि खुलाउनुपर्छ ।
त्यस्तै मेटाको ‘कम्युनिटी स्ट्यान्डर्ड’ अनुसारका मौलिक सामग्री मात्रै पोस्ट गर्नुपर्ने हुन्छ । यी मापदण्ड पुरा गरेका एकाउन्टहरुले ‘कन्टेन्ट मोनिटाइजेसन’का लागि योग्य हुन्छन् ।
कसरी दिने आवेदन ?
योग्य प्रयोगकर्ताले आफ्नो ‘प्रोफेसनल ड्यासबोर्ड’ मा गएर ‘मोनिटाइजेसन’ ट्याबमा क्लिक गर्नुपर्नेछ । यदि तपाईको योग्यता पुगेको छ भने ‘स्टार्स’, ‘एड अन रिल्स’आदि देखिनेछ, योग्यता नपुगेमा ‘नट यट इलिजेबल’ देखिन्छ । त्यहाँ ‘इन-स्ट्रिम एड्स’ वा ‘एड्स अन रिल्स’ जस्ता विकल्प देखिनेछन् । प्रक्रिया अघि बढाउन आफ्नो नागरिकता अनुसारको नाम, पान नम्बर र बैंकको स्विफ्ट कोड सहितको विवरण भर्नुपर्ने हुन्छ ।
नेपाली बैंकमै भुक्तानी नेपाली क्रिएटरका लागि सबैभन्दा ठूलो राहतको विषय भुक्तानी प्रक्रिया सहज हुनु हो । यसअघि अवैध वा अनौपचारिक माध्यमबाट पैसा झिक्नुपर्ने बाध्यताको अन्त्य गर्दै मेटाले अब सीधै नेपाली बैंक खाता लिंक गर्ने सुविधा दिएको छ ।
यसकारण मोनिटाइजेसन हट्न सक्छ !
मेटाले मोनिटाइजेसन गरेपनि केहि नियम भने कडाइका साथ लागू हुने छ । हिंसात्मक, घृणा फैलाउने, गलत सूचना दिने वा साम्प्रदायिक द्वन्द्व भडकाउने सामग्रीले मोनेटाइजेसन पाउँदैन/हुँदैन ।
त्यस्तै दोहोरो रिपोस्ट र थोरै सेकेन्डको भिडियो प्रयोग गरेर एल्गोरिदम छल्ने प्रयास गरेको पाइएमा पनि मोनिटाइजेसन हुँदैन । कृत्रिम रूपमा ट्राफिक बढाउने गतिविधि जस्ता कार्यलाई मेटाले कडाइका साथ रोक्ने जनाएको छ ।










समाचार 