बटनपुर/कैलालीको टीकापुर नगरपालिका वडा नम्बर ८ बटनपुरमा मंगलबार राति चाेरि भएको छ ।

वडाको बटनपुरमा रहेका विभिन्न पसल तथा कार्यालयमा ताेडफाेड र ताला फुटाएर चाेरि भएको हो । बटनपुर स्थित धनसिंहपुर खाद्यान्न कृषि सहकारी , अतिरिक्त हुलाक कार्यालय तारा टेलर ,महिमा स्टेसनरी , साइकल पसल ,नेकपा एमालेको वडा नम्बर ८ स्थित सम्पर्क कार्यालय लगायतका करिब सात वटा पसलबाट चाेरि भएको स्थानीय केवल बहादुर साउँदले जानकारी दिए ।
बटनपुर स्थित हुलाक कार्यालयकाे ढाेकाकाे ताला काटेकाे, एमाले पार्टीको सम्पर्क कार्यालयकाे पछाडिबाट भित्ता फाेडेकाे साउँदले बताए । साथै धनसिंहपुर खाद्यान्न कृषि सहकारीबाट ४० हजार रुपैयाँ नगद चाेरि भएको प्रहरी चाैकि कालाकुण्डाका इन्चार्ज चक्रबहादुर सिंहले जानकारी दिए ।

यस बारेमा शंकास्पद व्यक्तिका बारेमा साेधपुछ गरिरहेको र सिसिटिभि फुटेज मार्फत घटनाको अनुसन्धान गरिरहेकाे प्रहरीको भनाइ रहेको छ ।
पछिल्लो समयमा वडा नम्बर सात, आठ र नाैमा चाेरिका घटनामा वृद्धि भैरहेको स्थानीयकाे भनाइ रहेको छ ।











समाचार 