लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

बर्दियामा एक शिक्षकमाथि बालिका यौन दुर्व्यवहारको आरोप

बर्दियामा एक शिक्षकमाथि बाल यौन दुर्व्यवहारको आरोप लागेको छ। मधुवन नगरपालिका–५, रातामाटेस्थित आधारभूत विद्यालयमा कार्यरत शिक्षक यामप्रसाद शर्मामाथि आफ्नै विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको हो।

पीडित बालिकाका अनुसार होस्टेलमा बसेर अध्ययनरत उनी साँझ स्वास्थ्य समस्या भएपछि शिक्षकले घर पुर्‍याएर फर्कने क्रममा दुर्व्यवहार गरेका थिए। मोटरसाइकल स्ट्यान्डमा रोकेपछि शिक्षकले जबरजस्ती गर्न खोजेको र आफू कुनै रूपमा उम्किएर होस्टेल फर्कन सफल भएको पीडित बालिकाले बताउनुभयो।

पीडित बालिका र उनका परिवारले शिक्षकविरुद्ध इलाका प्रहरी कार्यालय ढोढरीमा जाहेरी दिएका छन्। जाहेरीमा शिक्षकले घटनाअघि र पछि पनि फोनमार्फत अश्लील कुरा गर्ने तथा अनुचित आशय राख्ने गरेको उल्लेख गरिएको छ।

घटनाको प्रकृति हेर्दा करणी प्रयास भएको देखिए पनि बालिका जोगिन सफल भएको एक प्रहरी अधिकृतले बताउनुभयो। उहाँका अनुसार घटना बाहिरिएपछि सोधपुछ गर्दा पीडित पक्षले जाहेरी दर्ता गराएको हो। विद्यालयले भने सुरुमा घटना गुपचुप राख्ने प्रयास गरेको आरोप छ।

विद्यालयले आरोपित शिक्षकलाई नियन्त्रणमा लिएर प्रहरीसमक्ष नबुझाई आन्तरिक रूपमा हटाउने निर्णय गरेको जनाइएको छ। तर प्रहरी विद्यालय पुग्दा शिक्षक फरार भइसकेका थिए।

विद्यालयका प्रधानाध्यापक पर्शुराम चौधरीका अनुसार आरोपी शिक्षक गत जेठदेखि राहत दरबन्दीमा करारमा कार्यरत थिए। शिक्षकविरुद्ध विभिन्न गुनासो आएपछि विद्यालय व्यवस्थापन समितिले उनलाई हटाउने निर्णय गरी नगरपालिकामा जानकारी गराइएको उहाँले बताउनुभयो। प्रारम्भमा कुटपिटसम्बन्धी गुनासो आएको भए पनि पछि फौजदारी कसुरको विषय थाहा भएको उहाँले उल्लेख गर्नुभयो।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले बाल यौन दुर्व्यवहार मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो। उहाँका अनुसार आरोपित शिक्षक फरार रहेकाले खोजी कार्य जारी छ।

बालबालिका सम्बन्धी ऐन, २०७५ अनुसार बाल यौन दुर्व्यवहारमा दोषी ठहरिए तीनदेखि चार वर्षसम्म कैद र ७५ हजारदेखि ८० हजार रुपियाँसम्म जरिवानाको व्यवस्था छ।

साभार : गोरखापत्र


प्रकाशित : २०८२ चैत्र ३ मंगलवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप