लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

कृषि तथा तरकारी व्यवस्थापन तालिम सुरु

सत्ति / टिकापुर नगरपालिका वडा नम्बर ७ सत्तिमा २ दिने कृषि तथा तरकारी व्यवस्थापन तालिम सुरु भएको छ ।

टीकापुर ७ स्थित मातृभूमि साना किसान कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा कृषि तथा तरकारी व्यवस्थापन सम्बन्धी तालिम सुरु भएको हो । स्थानीय कृषक महिलाहरूको सीप तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिममा २५ जना महिला सहभागी भएका छन्।

कार्यक्रम सहकारीकी अध्यक्ष मन्जु वि.क.को अध्यक्षतामा सम्पन्न भएको थियो। उद्घाटन समारोहमा बोल्दै अध्यक्ष वि.क.ले महिलाहरूलाई कृषि क्षेत्रमा सक्षम र आत्मनिर्भर बनाउन यस्ता तालिमहरू आवश्यक रहेको बताउनुभयो। उहाँले सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतार्दै उत्पादन वृद्धि गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो।

तालिममा आधुनिक खेती प्रविधि, तरकारी उत्पादन, रोग तथा कीरा व्यवस्थापन लगायतका विषयमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गरिने जनाइएको छ। कार्यक्रमका सहभागीहरुले यस्तो तालिमले महिलाहरूको आर्थिक सशक्तिकरणमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।
तालिमकाे सहजिकरण अनिता चाैधरि र रविना चाैधरिले गरेको सहकारीकाे व्यवस्थापक सुर्जापति चाैधरिले जानकारी दिनुभयो ।


प्रकाशित : २०८२ चैत्र २७ शुक्रबार प्रकाशित

ताजा समाचार
  • Ad
    Advertisement