लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

समानुपातिक तर्फको मतपत्र छपाइ सम्पन्न

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि आवश्यक समानुपातिक तर्फको मतपत्र छपाइ कार्य सम्पन्न भएको जनक शिक्षा सामग्री केन्द्र प्रालिले जनाएको छ।

निर्वाचन आयोगले १ करोड ८९ लाखभन्दा बढी मतदाताका लागि कुल ४ करोड ११ लाख मतपत्र छपाइको जिम्मेवारी जनकलाई दिएको थियो, जसमध्ये समानुपातिक तर्फका २ करोड ८ लाख मतपत्र पूर्ण रूपमा छपाइ भइसकेको छ।

जनकका प्रबन्ध निर्देशक यदुनाथ पौडेलका अनुसार माघ २८ गतेदेखि दुर्गम क्षेत्रलाई प्राथमिकतामा राखी हेलिकप्टर र सवारीसाधनमार्फत मतपत्र ढुवानी गरिनेछ। प्रत्यक्षतर्फका २ करोड ३ लाख मतपत्रमध्ये १ करोड २५ लाख छपाइ सम्पन्न भइसकेको र बाँकी एक साताभित्र पूरा गर्ने तयारी रहेको जनकले जनाएको छ। मतपत्र छपाइ तथा ढुवानी कार्य नेपाली सेनाको सुरक्षा घेरामा संवेदनशील रूपमा भइरहेको छ।

मतपत्र छपाइबाट जनकले करिब २४ करोड रुपैयाँ बराबरको कारोबार गर्ने जनाएको छ। साथै जनकले विद्यालय तहका पाठ्यपुस्तक, विभिन्न आयोगका प्रश्नपत्र तथा नेपाल टेलिकमका रिचार्ज कार्ड छपाइ कार्य पनि समानान्तर रूपमा गरिरहेको जनाएको छ।


प्रकाशित : २०८२ माघ २६ सोमबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप