खक्राैला / कैलालीको टीकापुर ९ खक्रौला नाकामा रहेको सशस्त्र प्रहरीको कार्यशैलीले स्थानीयले सास्ती खेप्ने क्रम राेकिएकाे छैन गुनासो बढ्दै गएकाे छ ।
मंगलबार साँझ भारतबाट नेपालतर्फ सामान ल्याउँदै गरेका एक भारतीय नागरिकको भन्सार कार्यालय नपुग्दै सामान जफत गरेका छन् । सामानकाे भारतीय भन्सार हुँदाहुँदै पनि सिमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी बलका डिएसपी प्रदीप पौडेलले सम्पूर्ण सामान जफत गरेको आरोप लागेको छ। फुल डकुमेन्टका लागि लिङ्कमा क्लिक गर्नुहोस । 

उद्योग वाणिज्य संघ टिकापुरका महासचिव प्रकाश तिमिल्सिनाले भारतीय भन्सार बनेको सामानको नेपाली भन्सार कार्यालय नपुग्दै सशस्त्र प्रहरीले सामान जफत गर्नु सशस्त्रले कानुन हातमा लिएको बताए ।
उनले यसरी व्यापारीलाई खक्राैला स्थित सशस्त्र प्रहरीले अनावश्यक सास्ती दिँदा व्यापारी र सर्वसाधारण नागरिक धेरै पटक मर्कामा परेकाे गुनासो उद्योग वाणिज्य संघमा आएको बताए।
यसअघि पनि डिएसपी पौडेल माथि विभिन्न विवादित गतिविधिमा संलग्न भएको आरोप लाग्दै आएको छ । उनले महिलामाथि दुर्व्यवहार गर्ने, वडाको सिफारिस पत्र हुँदाहुँदै पनि त्यसलाई बेवास्ता गर्दै सामान नियन्त्रणमा लिने तथा सर्वसाधारणलाई अनावश्यक दुःख दिने गरेकाे आरोप छन्।
भारतीय भन्सार बनेको सामानलाई चेकजाँच,मुल्यांकन गर्ने काम भन्सार कार्यालयकाे भएको सत्ति भन्सार कार्यालयका निमित्त कार्यालय प्रमुख चक्र साेनिले बताए । भन्सार ऐन २०८२ अनुसार सशस्त्रले भन्सार अगाडि नै सामान जाँचपास गर्ने अधिकार नभएको उनले जानकारी दिए ।
भन्सार बनेको सामान विना कारण सामान जफत गरेको घटना बारेमा घटनाबारे सशस्त्र प्रहरीको ३४ नम्बर गण धनगढी र सशस्त्र प्रहरीको प्रधान कार्यालय र सत्ति भन्सार कार्यालयमा सम्बन्धित पिडित पक्षले निवेदन गरेको जनाएको छ भने सम्बन्धित निकायले भने घटनाको अध्ययन र प्रमाण संकलन गर्दै गरेको प्रतिक्रिया दिएको छ।
स्थानीयले यस विषयमा निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्।
खक्रौला नाकामा पछिल्लो समय सशस्त्र प्रहरीको डिएसपी पाैडेलले व्यापारी र नागरिकलाई अनावश्यक हैरानी दिएका यस्ता घटनाहरू बढ्दै जाँदा सर्वसाधारणमा असन्तुष्टि बढेकाे छ।











समाचार 