लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

आफ्नैको धोका भित्रबाट लाग्छ, त्यसैले आत्मा नै चर्किन्छ : स्मृति राठौर

शत्रुले रिस गर्छ भने
उसको आँखा, बोली र व्यवहारमै संकेत देखिन्छ।
ऊ टाढैबाट शत्रु जस्तै देखिन्छ,
सचेत हुन सजिलो हुन्छ।

तर आफ्ना…
आफन्त, साथी, नजिकका मान्छे —
उनीहरू मुस्कानको आवरण लगाएर नजिक बस्छन्।
विश्वासको आडमा मन जित्छन्,
र त्यही विश्वासको ठाउँमा चोट दिन्छन्।
शत्रुको वार बाहिरबाट आउँछ,
त्यसैले शरीर दुख्छ।
तर आफ्नैको धोका भित्रबाट लाग्छ,
त्यसैले आत्मा नै चर्किन्छ।

संसारमा सबैभन्दा पीडादायी कुरा
शत्रुको आक्रमण होइन,
आफ्नै मान्छेबाट आएको धोका हो।
किनकि शत्रुबाट जोगिन सकिन्छ,
तर आफ्नैबाट बच्न
पहिले विश्वास तोडिनुपर्छ।

त्यसैले जीवनले सिकाउँछ,
सबैसँग राम्रो व्यवहार गर,
तर विश्वास भने सोचेर गर्ने गर।

📝 स्मृति राठौर


प्रकाशित : २०८२ फाल्गुन १२ मंगलवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप