रसुवा/ डिभिजन वन कार्यालय रसुवाको आयोजनामा ०८२ चैत १० र ११ गते धुन्चेमा वन डढेलो नियन्त्रण तथा व्यवस्थापनको लागि अनुशिक्षण र नमुना अभ्यास सम्पन्न भयाे ।
प्रमुख जिल्ला अधिकारीको राजेश पन्थीकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्ममा उनले वन तथा वातावरणको संरक्षण तथा वन डढेलो नियन्त्रण्का लागि वन तथा सुरक्षाकर्मीले मात्र नभइ स्थानीय तहले पनि ध्यान दिनुपर्ने बताए । 
नेपालमा वन डढेलाेकाे अवस्था र डिभिजनल वन अधिकृत शम्भु तामाङले सहजिकरण गरेका थिए । धुन्चे नजिकै खाेपाङमा नमुना अभ्यास गरी वनमा डढेलाे लाग्दा वन तथा निजकै रहेकाे घर बस्तीमा कसरी जाेगाउने, कताबाट निभाउन सुरू गर्ने, पुर्व तयारी तथा घाइते भए उपचार, डँढेलाे व्यवस्थापन उपकरणकाे प्रयाेग बारे अभ्यास गरिएकाे थियाे ।
अनुशिक्षण तथा नमुना अभ्यासमा नेपाली सेनाकाे श्रीनाथ गण, नेपाल प्रहरी र शसस्त्र प्रहरीकाे टिम तथा स्वास्थ्यकर्मी, पत्रकार, सामुदायिक वन उपभाेक्ता र कर्मचारीहरू सहभागी थिए । 
डिभिजन वन कार्यालयका प्रमुख शम्भु तामाङले वन डँढेलो नियन्त्रणका लागि समुह, वडा, गाउँपालिका तथा सवै सरोकारवालाहरुको हातेमालो गर्नु पर्ने बताए । 
सामुदायिक वन उपभाेक्ताहरूमाझ वन डढेलाे नियन्त्रण बारे छलफल तथा रेडियाेसँग सहकार्य गरी रेडियाे कुराकानी गर्ने तयारी भएकाे समृत डिभिजन वन कार्यालय रसुवाले जनाएकाे छ ।












समाचार 