लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

प्रहरीले टिकापुरमा ठूलो परिमाणमा समात्याे भण्डारण गरेको प्याज

December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

सत्ति / भारत बाट तस्करी गरेर नेपाल भित्र्याइएकाे ठूलो परिमाणको प्याज प्रहरीले बरामद गरेको छ ।
करिब ७ लाख भन्दा बढी मुल्य बराबरको सामान टिकापुर नगरपालिका वडा नम्बर ४ माैरनियाँ बाट प्रहरीले बरामद गरेको छ ।
नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर कञ्चनपुर बाट सइ सुशील चन्द ठकुरीको कमान्डमा
खटिएको प्रहरीको सादा पाेशाककाे टोलीले शुक्रबार बिहान माैरनिया बाट सुराकीको आधारमा पक्राउ गरेको जनाएको छ ।
पक्राउ गरिएको सामान मध्ये प्याज ४८ बाेरा,श्यामल सुर्ति ६० पाेका चकलेट ३ पेटि, बिँडि २२० पाेका, खुर्सानी ३ बाेरा, पाेलिथिन ३५ पाेका, पक्राउ गरेको जनाएको छ भने टिकापुर ४ माैरनियाँका वर्ष २२ का नेमिस चाैधरिलाई भे २ स २३८८ नम्बरको अटोरिक्सामा लाेड गरिराखेकाे सामान सहित पक्राउ गरेको जनाइएको छ । अटोमा ललिपप २ बाेरा,फिरफिरे १ बाेरा र चकलेट ३ पेटि रहेको प्रहरीले सुदुर सन्दर्भ डटकमलाई जानकारी दिएको छ ।
पक्राउ परेका अटो रिक्सा र सामान सहित करिब ७ लाख रुपैयाँ बराबरको रहेको प्रहरीले बताएको छ ।
बरामद सामान र पक्राउ परेका नेमिस चाैधरि लाई अनुसन्धानका लागि सत्ति भन्सार कार्यालय बुझाउने सइ सुशील चन्द ठकुरीले बताए ।
बरामद गरिएको प्याज भारतीय चाैथिया नामकाे व्यापारीकाे रहेको स्रोतले जानकारी दिएको छ । भारतीय बजार तिकुनियाँ देखि माैरनियाँ सम्म नेपाली र भारतीय नागरिकलाई साइकलमा क्यारिङ गर्न लगाउने र त्यहाँ बाट ट्रकमा लाेड गरेर नेपाली बजारमा उनलेे पठाउने गरेको जानकारी प्राप्त भएको छ । यसरी दैनिक १ ट्रक प्याज निस्कने गरेको एक स्राेतले बतायो । प्रहरीले प्याज बरामद गर्ने क्रममा भन्सार बनाएको सामान पनि नियन्त्रणमा लिएको स्थानीयकाे भनाइ रहेको छ । प्याज र पाेलिथिन ब्याग आयातमा नेपाल सरकारले प्रतिबन्ध लगाएको छ ।


प्रकाशित : २०८० पुष ६ शुक्रबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप