लोकप्रिय खबर

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

सुदूरपश्चिमका डीएसपीसहित ३ नेपाली सिंगापुर प्रहरीको निशानामा

नेपाल प्रहरीका एकजना डीएसपीसहित ३ नेपालीको जन्मकुण्डली खोजी थालिएको छ। नेपाल प्रहरीको प्रधान कार्यालय नक्सालले ३ नेपालीको विवरण माग गरेको हो।

स्रोतका अनुसार उनीहरूले आतंकवादसँग जोडिएर आर्थिक कारोबार गरिरहेको आशंका छ। जसमा नेपाल प्रहरीका डिएसपी हेमबहादुर शाही समेत परेका छन्। कैलाली घर भएर कैलालीकै धनगढीस्थित गणमा कार्यरत डिएसपी शाहीसहित कालिकोटका महेन्द्रजंग शाह र कालिकोटकै दिपेन्द्रबहादुर शाहले आतंककारी गतिविधिमा संलग्न रही ठूलो आर्थिक कारोबार गरिरहेको भन्दै विवरण माग गरिएको हो।

उनीहरूको पृष्ठभूमि जानकारी गराउन हेडक्वार्टरले मातहतलाई पत्राचार गरेको छ भने प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन (इन्टरपोल) को नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) सिंगापुरले नेपाल प्रहरीको एनसीबी काठमाडौंलाई विवरण माग गरेको थियो।

स्रोतका अनुसार, २९ जुलाई २०२४ मा एनसीबी सिंगापुरले एनसीबी काठमाडौंलाई पत्राचार गरेको थियो। कैलालीका डीएसपी शाही केही समय अगाडि सिंगापुर पनि पुगेका थिए। उनले त्यसबेलाका फोटो तथा भिडिओ फेसबुकमा साझा पनि गरेका छन । डिएसपी शाहीबाहेक महेन्द्रजंग शाहमाथि अरू देशका प्रहरीले पनि निगरानी गरिरहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।

उनीमाथि नेपालमा समेत वैदेशिक रोजगारीको प्रलोभन देखाउँदै ठगी गरेको उजुरी प्रहरीमा छ।उनै शाहसँग केही समयअघि सिंगापुरमा डीएसपी हेमबहादुर शाही समेत घुमफिर गरेको तस्बिर सिंगापुर प्रहरीले पाएपछि उनको क्रियाकलापमाथि समेत चासो देखाएको हो।

महेन्द्र शाहले भियतनामी युवतीसँग विवाह गरेर दुबई, मलेसियालगायतका देश बस्ने गरेका छन्।उनीसँग नाम जोडिएका डीएसपी शाही यस अगाडिसमेत विवादित छविका प्रहरी अधिकारी हुन्। उनले प्रहरी निरीक्षकको तालिममै प्रहरी आचरणविपरीत काम गरेको आरोपमा नसिहत पाएका थिए।

त्यसपछि इलाका प्रहरी कार्यालय बेलौरी प्रमुख हुँदासमेत विवादित हुँदा स्थानीयले प्रहरी कार्यालयमाथि नै ढुंगामुढा प्रहार पनि गरेका थिए।

साभार : मुलधार न्युज


प्रकाशित : २०८१ भाद्र २१ शुक्रबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप