लोकप्रिय खबर

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

कैलालीमा भेटियो अत्यधिक विषादी भएको गोलभेँडा

कैलालीको अत्तरियामा अत्यधिक विषादी भएको गोलभेँडा भेटिएको छ। अत्तरियाको तरकारी हाट बजारमा रहेको विषादी अवशेष द्रुत विश्लेषण इकाईले मंगलबार गरेको परीक्षणमा रोल्पामा रहेको मिलन ट्रेड एन्ड सप्लायर्सबाट आयात गरिएको गोलभेँडामा विषादी भेटिएको हो।

विषादी अवशेष द्रुत विश्लेषण इकाईका अनुसार उक्त गोलभेँडामा ४८ दशमलव ४७ प्रतिशत अर्गानोफस्फेट भेटिएको छ। जुन खान अयोग्य छ ।

प्रयोगशालाका अनुसार ३५ प्रतिशत भन्दा कम अर्गानोफस्फोटको रोकावट दर भेटिएमा खान योग्य हुन्छ भने ३५ देखि ४४ प्रतिशत रोकावट दर भेटिए केही दिन पर्खिएर खान मिल्ने हुन सक्छ। ४५ भन्दा मार्थी रोकावट दर भेटिए नष्ट गर्ने गरिएको छ ।

विषादी भेटिएको एक क्विन्टल गोलभेँडा पनि नष्ट गरिएको छ। विषादी अवशेष द्रुत विश्लेषण इकाईले दैनिक तरकारी र फलफूलको नमुनाको विषादी परीक्षण गर्दै आएको छ।

साभार : दिनेश खबर


प्रकाशित : २०८१ भाद्र २७ बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप