कञ्चनपुरको लालझाडी गाउँपालिका–१ बिनवारीका ४५ वर्षीय रमेश बडायक र उनकी ४१ वर्षीया श्रीमती कमलाको हत्या प्रकरणको अनुसन्धान जारी छ।
मृत अवस्थामा भेटिएका बडायक दम्पती घटनामा संलग्न रहेको आंशकामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका डीएसपी हेमबहादुर शाहीले बताएका छन्। उनका अनुसार सो घटनामा संलग्न रहेको आंशकामा तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ। तर नियन्त्रणमा लिएका व्यक्तिको नाम भने खुलाइएको छैन्।
विहिबार राति उनीहरूको हत्या भएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीका अनुसार बिनबारीका रमेश बडायक र उनकी श्रीमती कमला बडायकको प्रारम्भिक घटनाको विवरण हेर्दा हत्या नै गरिएको खुल्न आएको छ। शुक्रबार बिहान रमेश बडायक घरको आँगन र कमला घरभित्रै ओछ्यानमै मृत फेला परेका थिए।
साभार: दिनेश खबर