टिकापुर / तिहार नजिकिँदै गर्दा कैलालीको टिकापुर १ का शितल (सिताराम) चाैधरिकाे बारिमा सयपत्री फूल ढकमक्क फूलेका छन् ।
वि. सं. २०७४ सालकाे साउन देखि १० कट्टा जमिन बाट व्यवसायिक रूपमा फूलखेती गर्दै आएका पुष्प व्यवसायी शितलका बारिमा यति बेला सयपत्रि फूल तयार भइसकेका छन् । अबको केही दिनमा फूल टिपेर माला उन्ने तयारीमा रहेको फूलखेती गर्दै आएका उनी बताउँछन् ।
विगत ७ वर्षदेखि फूलखेती गर्दै आएका उनलेे यसवर्ष पनि एक बिघा जग्गामा फूलखेती गरेको र चाडपर्वमा मात्रै नभइ अन्य अफ सिजनकाे समयमा पनि आफूले बारीमा फूल फुलाइरहेको बताए ।
व्यवसायिक रूपमा फूलखेती गर्दै आएका शितल यही व्यवसायलाई अझ बढाउँदै लैजाने सोचमा छन ।
टिकापुर नगरपालिका वडा नम्बर ५ मनिकापुर स्थित राष्ट्रिय मावि विद्यालयकाे दुई पटक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएका उनी । विद्यालयकाे वार्षिकोत्सव,जिल्ला तहका पाहुनाको स्वागतका लागि स्कुल बाट विद्यार्थीलाई फुलमाला लिएर आउनु भन्दा अफ सिजनमा विद्यार्थीले फुलका मालाकाे सट्टामा पातकाे माला लिएर आएको देख्दा व्यवसायीकरुपमा फुल खेती गर्ने साेच आएको उनलेे बताए । पहिलो वर्षमै १० कट्टा जमिनमा फुल खेती गरेर नाफा भएकाे बताए । विभिन्न पर्व एवं अन्य शुभकार्यका लागि फूलको माग देखेपछि फूलखेतीमा उनी जमेर लागेका हुन् ।
हाल उनले वर्षको दुई सिजनमा फुल बेचेर ५ लाख आम्दानी गर्ने उनले बताए । उनले आफू सुदुर पश्चिम प्रदेशमा पहिलो व्यवसायीक फुल खेती गर्ने किसान भएको दावी गरे ।१,२ कट्टा जमिनमा फुल खेति गरेर पुष्प व्यवसायी हुँ भन्ने र विभिन्न निकाय बाट अनुदान लिने प्रवृत्ति भएकाेमा राेष प्रकट गरे ।
आफुलाई भने अहिलेसम्म कुनै निकाय बाट सहयोग अनुदान नपाएको दुखेसो पाेखे । हिजोआज उनले फुल टिप्ने ,माला बनाउने ,गाेडमेल र सिंचाइ गर्नका लागि १५ जनालाई राेजगारि दिएका छन् ।
‘विगत सात वर्षदेखि फुल खेती गरिरहेको छु । विशेषगरी तिहार लगायत चाडपर्वको बेला र विवाहकाे समयमा मखमलि र सयपत्रि फुलकाे बढी माग हुन्छ’, उनले भने, ‘यसपटक पनि माग आउन थालिसक्यो । अबको केही दिनमा फूल टिपेर माला बनाउन सुरु गछौँ ।’ उनलाई जिल्लाका टिकापुर, लम्कि, धनगढी ,जाेशिपुर र जिल्ला बाहिरका बर्दिया ,नेपालगन्ज ,अछाम ,दाङ बाट सम्म फुलकाे माग आउने गरेको बताए ।
प्लास्टिक जन्य माला प्रयोगमा राेक पुष्प व्यवसायी हर्षित : तिहारको अवसरमा टिकापुर नगरपालिकाले प्लास्टिकजन्य मालाको प्रयोगलाई निषेध गर्ने भएको पछि पुष्प व्यवसायी फुल बिक्नेमा आशावादी भएको उनलेे बताए ।
यसले घरेलुु तथा साना उद्योग कार्यालयमा दर्ता भएका ,सरकारलाई कर तिरेर व्यवसाय गरेका र स्थानीय तहमा सुचिकृत भएका किसान उत्साहित भएको उनलेे बताए ।
स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न नगरपालिकाले पालिकाभित्र रहेका पुष्प व्यावसायिले उत्पादन गरेको सयपत्री फूलको माला प्रयोग गर्न उनलेे अनुरोध पनि गरेका छन् ।
व्यवसायिक रूपमा फूलखेती भएपछि बाहिरबाट आउने कृत्रिम मालालाई विस्थापित गर्न नगरपालिकाले राेक लगाएकोमा नगरवासिले सराहना गरेको देखिन्छ यसले स्थानीय पुष्प व्यवसायीलाई सघाउ पुगेको जानकारहरु बताउँछन् ।