बैदि / टिकापुर नगरपालिका शिक्षा तथा खेलकुद शाखा अन्तरगत अतिरिक्त क्रियाकलाप समितिको आयोजनामा अन्तर स्कुल हाजिरी जवाफ प्रतियोगिता शुक्रबार जनता मावि बैदिमा सम्पन्न भएको छ ।
टिकापुर नगरपालिका वडा नम्बर ६,७,८ र ९ का १०वटा स्कुलहरुको विचमा उक्त प्रतियोगिता सम्पन्न भएको थियो । निमावि तहका विध्यार्थीहरुकाे सहभागीतामा सामान्य ज्ञानमा आधारित बौद्धिक ज्ञानको स्तर मापन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको अतिरिक्त क्रियाकलापका कार्यक्रम संयोजक तथा त्रिभुवन मावि बटनपुरका प्रधानाध्यापक रवीन्द्र बहादुर कठायतले जानकारी दिए ।
पहिलो राउन्डमा १० वटा विद्यालय सहभागी भएकोमा पहिलो राउन्ड बाट ६ वटा स्कुल बाहिरिएका थिए भने दाेस्राे राउन्डमा ४ वटा विद्यालय सहभागी भएको प्रतियोगितामा कालिका इंग्लिस बाेर्डिङ स्कुल नारायणपुर प्रथम ,नाेबल पब्लिक स्कुल सत्ति दाेस्राे र सेती मैयाँ चाैधरि मावि झुँगा तेस्रो भएको थियो ।
कार्यक्रममा वोल्दै प्रमुख अतिथि टिकापुर नगरपालिका वडा नम्वर ७ का अध्यक्ष यज्ञ नेउपानेले हाजिरीजवाफ एक बौद्धिक खेल भएकोले विद्यालयमा यस्तो प्रकारको प्रतियोगिताको लोकप्रिय रहेको बताए । साथै यस्तो प्रतियोगिताले विद्यार्थीहरूको बौद्धिक क्षमता वृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गर्ने उनको धारणा थियो ।
अतिरिक्त क्रियाकलाप समितिका संयोजक रवीन्द्र कठायतको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी विद्यालयका शिक्षक ,विद्यार्थी ,जनता रामावि स्कुलका शिक्षक र विद्यार्थीकाे उपस्थिति रहेको थियो । बिजयी हुने विध्यार्थीहरुलाई पुरस्कार स्वरुप शैक्षिक सामाग्री प्रदान गरिएको थियोे । कार्यक्रमको सहजिकरण शिक्षक ओपेन्द्र खड्काले गरेका थिए ।