लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

सुदूरपश्चिम पत्रकार महासंघ अध्यक्षमा तीन जनाको उम्मेदवारी, ८ जना निर्विरोध

कैलाली । सुदूरपश्चिम प्रदेश पत्रकार महासंघको निर्वाचनमा अध्यक्षको लागि तीन जनाको उम्मेदवारी परेको छ । अध्यक्षको एक पदमा केशव राज जोशी, भरत बहादुर शाह र मीन बहादुर बमको उम्मेदवारी परेको छ ।

प्रेस युनियन र प्रेस चौतारीको साझा उम्मेदवरको तर्फबाट शाह साझ उम्मेदवार बनेका हुन् भने बम प्रेस युनियनका बागी उम्मेदवारको तर्फबाट र जोशी प्रेस सेन्टरको तर्फबाट उम्मेदवार बनेका हुन् ।

त्यस्तै, एक पदको उपाध्यक्षमा मानबहादुर साउद र राम धामीको उम्मेदवारी छ ।

एक पदकै महिला उपाध्यक्षमा कालिमैया चौधरी र हेमन्ती डगौरा चौधरी, एक पदको महासचिवमा शिवराज भट्ट र हरि जोशीको उम्मेदवारी परेको छ ।

एक पदको सचिवमा धनराज साउद भुवनेश्वर प्रसाद बोहरा, शैलेन्द्र रोकायाको उम्मेदवारी पर्दा एक पदकै सचिव समावेशीमा इन्द्रा कुमारी केसी मुकेश टेर्रा र रमेश परियारको उम्मेदवारी परेको छ ।

कोषाध्यक्षमा वरुण पनेरु र हर्कबहादुर विक उम्मेदवार बनेका छन् । ५ सदस्य रहेको सदस्यमा अर्जुन बहादुर सिंह, आशिष बहादुर सिंह, केशव दत्त भट्ट, कृत बहादुर विष्ट, जनार्दन उपाध्याय, दिनेश बहादुर कठायत पदम बहादुर बोहरा, वासुदेव भट्ट रमेश कुमार केसी लिलाजंग शाही र सुभाष कठायत उम्मेदवार छन् ।

त्यस्तै ८ सदस्य निर्विरोध भएका छन् ।

सोमबार नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम समितिको निर्वाचन उम्मेदवारहरूको नामावलीमा तोकिएको उम्मेदवार संख्यामा तोकिएकै संख्यामा उम्मेदवारी परेपछि ८ सदस्य निर्विरोध भएका हुन् ।

तीन जना तोकिएको महिला सदस्यमा दुर्गा देवकोटा,भुवनेश्वरी कुमारी शाही र सन्तोषी रावल निर्वाचित भएका हुन् । सदस्य दलितमा प्रदीप मलासी, आदिवासी जनजातिमा छविलाल चौधरी र भीम बहादुर चौधरी निर्विरोध हुँदा सदस्य मधेसीमा सागर कुस्मी र अल्पसङ्ख्यक अपाङ्गतामा नहकुल देवी जिसी निर्विरोध भएका छन्। अझै उम्मेदवारी फिर्ता लिने समय भने बाँकी छ ।

नेपाल पत्रकार महासङ्घ केन्द्र, प्रदेश र जिल्लाको एकै दिन २८ गते नयाँ नेतृत्वको लागि निर्वाचन हुँदै छ ।

साभार : नेपाल प्रेस


प्रकाशित : २०८१ मंसिर २४ सोमबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप
    
    error: Content is protected !!