लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

किसान बहुउद्देश्यीय सहकारीको ३० औं बार्षिक साधारण सभा अन्तरगत नारायणपुरमा इकाई भेला सम्पन्न

सत्ति / किसान बहुउद्देश्यीय सहकारी सत्तीशाखा काे ३० औं साधारण सभा सम्पन्न भएको छ ।

सभामा टीकापुर ७ का वडा अध्यक्ष यज्ञ न्यापानेले सहाकारीले ऋण लगानी गर्दा उत्पादन संग जोडेर ऋण प्रावह गर्न गरेका थिए । उनले महिलाहरुले आफ्नो उद्देश्यीय संग केन्द्रित भएर कर्जा लिएमा सबैलाई फाईदा हुने बताए ।

कार्यक्रममा टीकापुर नगरपालिका ६ का वडा अध्यक्ष बलिराम चौधरीले किसान सहकारीले अन्या सहकारीको तुलनामा नयाँ काम गरिरहेको बताए । उनले सहकारीले ऋण प्रवाह गर्दा सही मुल्यांकन गरेर मात्रै ऋण प्रावह गर्न आग्रह गरे ।

साे कार्यक्रममा एसइईमा उत्कृष्ट अंक प्राप्त गरेको शेयर सदस्यका छोराछोरी मध्ये सान्सा ठकुल्ला र सिद्धार्थ थापामगर लाई जनहि ५ हजारका पुरस्कार प्रदान गरिएको थियोे ।
यस्तै सहकारीमा उत्कृष्ट शेयर सदस्यमा कृषि तथा तरकारी खेतीमा राजमति चौधरी, सोनापति थारु, सिलाइकटाई तथा व्यापारमा काजल बादी, तरकारी व्यापारी आशा चौधरी, अटो व्यवसायी जुगमाया चौधरीलाई सम्मान गरिएको थियोे ।

किसान बहुउद्देश्यीय सहकारी संस्थाका संचालक समिति सदस्य चन्द्रा सिंहको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत लेखापाल धर्मराज भट्टराईले गरेको कार्यक्रममा भानु पुस्तकालयका अध्यक्ष मनिराम ढुंगाना, किसान सहकारीका सुपरिवेक्षण प्रमुख प्रकास जीसीले शुभकामना मन्तव्य राखेका थिए संचालन शाखा प्रमुख नवराज देवकोटाले गरेका थिए ।


प्रकाशित : २०८१ मंसिर २६ बुधबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप
    
    error: Content is protected !!