टिकापुर / टीकापुरकाे पहिचान र पर्यटकीय क्षेत्रकाे हिसाबले कैलाली कै मुख्य पर्यटीकय गन्तव्य स्थलकाे रूपमा रहेकाे टीकापुर पार्क शाैचालयकाे अभावमा दुर्गन्धित बन्दै गएकाे छ ।
पार्कमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरूकाे लागि शाैचालयकाे ब्यवस्था नहुँदा पार्ककाे छेउछाउमै दिशापिसाब गर्ने गरेकाे देखिन्छ । त्यसरी जथाभावी दिशापिसाव गर्दा पार्ककाे पिकनिक स्पट क्षेत्र दिनप्रतिदिन दुर्गन्धित बन्दै गएकाे देखिन्छ ।
टीकापुर शाना शहरी खानेपानी तथा सरसफाई आयाेजना द्वारा निर्मित शाैचालय पार्ककाे पिकनिक स्पटमा भए पनि प्रयाेविहिन अवस्थामा रहेकाे छ ।
प्रकाशित : २०८१ मंसिर २६ बुधबार प्रकाशित