सत्ति / टिकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारुले टिकापुर ७ सत्ति स्थित सामुदायिक सहकारीले बैंकको अनुभुति दिएको बताएका छन् ।
उनलेे साे कुरा सामुदायिक सहकारी सत्तिकाे शनिबार भएको २४ अाैं बार्षिक साधारण सभाकाे प्रमुख अतिथिको आसन बाट साे कुरा बताएका हुन । ठूला बैंकले यहाँका बाढीपीडित जनता र किसानलाई नपत्याएकाे अवस्थामा सामुदायिक सहकारीले बैंकको अभाव टारेकाे बताएका हुन ।
कार्यक्रममा नगर प्रमुख डगाैराले टीकापुरमा बिकासकाे गति निरन्तर अघि बढिरहेकाे बताए । सन्कट्टि घाटमा पुल ,राजकाँडामा केबुल कार निर्माणका लागि शिलान्यास भएको र ३५ वर्ष पछि टिकापुर बाट प्लेन उड्न थालेकोले यहाँका जनताको जिवनस्तर माथि उठ्ने बताएका छन् ।
सहकारी संस्थाका अध्यक्ष पहल बस्नेतकाे अध्यक्षतामा भएकाे साधारण सभाका विशिष्ट अतिथी टीकापुर नगरपालिकाका वडा न ६ का वडा अध्यक्ष बलीराम चाैधरी वडा न ७ का वडा अध्यक्ष यज्ञ न्याैपाने , वडा न ८ का वडा अध्यक्ष दिर्घ ठकुल्ला रहेका थिए रहेका थिए ।
बिशिष्ट अतिथिका टीकापुर ८ का वडा अध्यक्ष दिर्घ ठकुल्लाले यस क्षेत्रका स्थानियलाई सहकारीले विभिन्न बैकिङ्ग सुबिधा दिईरहेकाे जनतालाई अझ सहुलियत रुपमा मल बीउ लगायत जिबनस्तर उकास्ने खालका गतिबिधि संचालन गर्नुपर्ने बताए । अर्का बिशिष्ट अतिथि टीकापुर ७का वडा अध्यक्ष यज्ञ न्याैपानेले सहकारीले स्थानिय जनताकाे हितका लागि विभिन्न क्षेत्रमा काम गरिरहेकाेले स्थानिय कृषकलाई मध्यनजर गरि सहुलियत रुपमा सहज तरिकाले मल बीउ बितरण गरि स्थानियलाई सेवा दिनुका साथै स्थानियकाे जिबनस्तर उकास्ने खालका याेजना बनाई अघि बढ्नुपर्ने बताए ।
२०५७ साल भदाै १ गते स्थापना भएकाे सहकारीमा २२ सय ७१ जना शेयर सदस्य रहेका छन । जसकाे शेयरपुजी १ कराेड ७३लाख ७१ हजार २ सय रहेकाे छ ।सामुदायिक सहकारी संस्थाकाे निक्षेप बचत १४ कराेड ८२लाख ९६ हजार २ सय ८२ रुपैया रहेकाे छ भने ऋण लगानी १५ कराेड ८२ लाख ८६ हजार ९ सय ६१ रुपैया रहेकाे प्रतिबेदनमा उल्लेख गरिएकाे छ । अार्थिक बर्ष २०८०/०८१ मा ७३ लाख २३ हजार ४ सय २५ रुपैया मुनाफा गर्न सफल भएकाे छ । सहकारीकाे बार्षिक साधारण सभामा १२ कक्षा पास गरेका तीन जना बिद्यार्थी लाई नगद सहित सम्मान गरिएकाे छ । जसमा कर्णाली माबि सत्तीका अनु चाैधरी , त्रिभुवन माबि बटनपुरका जगत बहादुर तारामी र सरस्वी माबि नवलपुरका सरस्वती चाैधरीलाई सम्मान गरिएकाे छ ।
उत्कृष्ट कृषक मध्येका विश्राम कुश्मी र रामप्रसाद चाैधरीलाई नगद सहित प्रमाणपत्र द्वारा सम्मान गरिएकाे थियाे । त्यसैगरि सामुदायिक सहकारीले १२ जना जेष्ठ शेयर सदस्यलाई कम्बल र प्रमाणपत्र ले सम्मान गरेकाे छ । सहकारी संस्थाका सदस्य कृष्ण धमलाकाे स्वागत संगै शुरु भएकाे सहकारीको बार्षिक साधारण सभामा शेयर सदस्य नवराज ढुङ्गाना ,सिएमसि नेपाल कैलालीका अध्यक्ष छबिलाल जैशी ,नेपाल रेडक्रस साेसाईटी नारायणपुर उपशाखाका सभापति धनसरी काेईराला, भानु सामुदायिक पुस्तकालय तथा श्राेत केन्द्रका अध्यक्ष मनिराम ढुङ्गाना , लक्ष्मीनारायण बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कपुरसिंह कडायत, सामुदायिक सहकारी संस्थाका पुर्व अध्यक्ष जंगबहादुर साउँद, सहकारी निवर्तमान अध्यक्ष हरि कार्की लगायतले मन्तव्य राखेका थिए ।
बार्षिक साधारण सभा कार्यक्रम सहकारी संस्थाका सचिब कृत ठकुल्लाले गरेका थिए । ८६ जना शेयर सदस्य बाट शुरु गरिएकाे सामुदायिक सहकारीले २२ कराेड ९ लाख ६० हजार ८४ रुपैयाकाे काराेबार गरेकाे प्रतिबेदनमा उल्लेख गरिएकाे छ । सहकारीले अाफ्ना शेयर सदस्यकाे मृत्यु भएमा किरिया खर्च बाफत १० हजार , घातक राेग लागेमा १५ हजार सहयाेग समेत गरिरहेकाे छ भने सामुदायिक सहकारी संस्थाले टीकापुर क्षेत्रमा मल बिउकाे काम गर्दै स्थानिय किसानलाई सहुलियत दिनुका साथै ग्रामिण क्षेत्रमा रेमिट्यान्सकाे समेत सेवा दिई रहेकाे छ भने साधारणसभा बाट सहकारीले शितभण्डार निर्माणका लागि जमिन खरिद गर्ने निर्णय गरेको छ ।