लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

लक्ष्मीनारायणकाे साेह्राैं साधारणसभा सम्पन्न,यस वर्षको खुद नाफा ७६ लाख बढी

नारायणपुर / टीकापुर नगरपालिका वडा नं.६ स्थित लक्ष्मीनारायण बहुउद्देश्यीय सहकारी संस्थाले आर्थिक वर्ष २०८०/०८१ मा ७६ लाख भन्द बढी खुद नाफा कमाउन सफल भएको छ । सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभा मा प्रस्तुत गरिएको प्रतिवेदनका आधारमा गत वर्ष ७६ लाख २६ हजार ९ सय ४९ रुपैयाँ ५२ पैसा खुद नाफा कमाउन सफल भएको हो ।

एक हजार तीन सय २५ जना शेयर सदस्य रहेको सहकारीको शेयर पुँजी एक करोड १३ लाख ८ हजार ५ सय ५० पुगेको छ भने ८ करोड ४० लाख ६० हजार दुई सय ४६ रुपैयाँ ६५ पैसा निक्षेप सापटी रहेको छ । ११ करोड २५ लाख २१ हजार ३ सय १५ रुपैयाँ ऋण लगानी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

 वार्षिक साधारण सभाको अवसरमा सहकारीले नेपाल क्रीकेट संघका राष्ट्रिय प्रशिक्षक जगत टमट्टालाई नगद सहित सम्मान गरेको छ । त्यस्तै सहकारीले उत्कृष्ट बचतकर्ताको रुपमा जनक विक, दिपेन्द्र चाैधरी, अनिल चाैधरी, रामसिंह चाैधरी र संगिता चाैधरीलाई सम्मान गरेको छ भने असल ऋणीमा अनिता चाैधरीलाई सम्मान गरेको छ ।

 सहकारीका अध्यक्ष कपुरसिंह कडायतकाे अध्यक्षतामा भएको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले लक्ष्मीनारायण सहकारीले सामाजिक क्षेत्रमा उदाहरणीय काम गर्दै आएको बताउँदै सहकारीले कृषि क्षेत्रका लागि मलखादको व्यवस्था गरि राम्रो काम गरेको समेत बताए ।

 टीकापुर नगरपालिका वडा नं. ८ वडा अध्यक्ष दीर्घ ठकुल्लाले सहकारीले टिकापुरका तल्लो भेगका ग्रामीण क्षेत्रका लागि सहकारी संस्था बैंकको रुपमा स्थापित भएको बताए । उनले सहकारी भनेका समुदायले बनाएका संस्था भएको बताउँदै सहकारीले समुदाय स्तरमा समुदायलाई माथि उकास्ने काम गर्न जरुरी रहेको बताए । “सहकारीको मेरुदण्ड भनेका सहकारीका शेयर सदस्य हुन, मेरुदण्ड बचाई राख्नु सहकारीको कर्तव्य हो ।” वडा अध्यक्ष ठकुल्लाले भने ।

 कार्यक्रममा शेयर सदस्य चतुर प्रसाद खनाल, सुनसुनीया ग्रामीण विधुत सहकारीका अध्यक्ष पहलमान चाैधरी, पत्रकार भिम वि.क.,नारायणपुर जेसिजका पुर्वअध्यक्ष विक्रम धामी,राष्ट्रिय मावि बेलुवाका प्रधानाध्यापक रामप्रसाद चाैधरी, धनसिंहपुर सहकारी संस्थाका अध्यक्ष धनसिंह साउँद, समाजसेवी चिरञ्जीवी खनाल, सम्मानित व्यक्ति जगत टमट्टा, भानु सामुदायिक पुस्तकालयका अध्यक्ष मनिराम ढृुुङ्गाना, रेडक्रस सोसाइटी उपशाखा नारायणपुरकि सभापति धनसरी कोइराला, सत्ती कर्णाली सामुदायिक वनका अध्यक्ष जितु चाैधरी, जनकल्याण बचत तथा ऋण सहकारीका प्रबन्धक छविलाल जैशी, सामुदायिक सहकारी सत्तीका अध्यक्ष पहल बस्नेत, साविक धनसिंहपुर गाविसका पुर्व अध्यक्ष जंगबहादुर साउँद, नारायणपुर गाविस पुर्व अध्यक्ष फकिरसिंह कडायत, टीकापुर नगरपालिका वडा नं. ६ वडा अध्यक्ष बलिराम चाैधरी,वडा  नं.७ वडा अध्यक्ष यज्ञ न्याैपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए । संस्थाका सचिव ओपेन्द्र खड्काले संचालन गरेको कार्यक्रमको स्वागत उपाध्यक्ष युवक नायकले गरेका थिए ।


प्रकाशित : २०८१ पुष १५ सोमबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप
    
    error: Content is protected !!