लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

गुलाबकाे शहर बनाउन शिक्षकले गरे श्रमदान

टिकापुर / टिकापुर १ स्थित कर्णालेश्वर आधारभूत विद्यालयकी प्रधानाध्यापक शारदा तिमिल्सिना शुक्रबार बिहानै ८ बजे टिकापुर बजारको बसपार्क नजिकैको सडककाे लेनमा माटो बाट ढुंगा र इट्टा पन्छाउँदै गरेको अवस्थामा भेटिइन् ।

तिमिल्सिना टिकापुर नगरपालिकालाई गुलाबकाे शहर बनाउने अभियानमा श्रमदानमा सहभागी हुन आएकि हुन् । शुक्रबार सुदुर सन्दर्भकर्मि टिकापुर बसपार्क पुग्दा टिकापुरका ३५ वटा सामुदायिक विद्यालयका शिक्षकहरु कोही घाँस पन्छाउन व्यस्त देखिन्थे भने कोही कोदाली लिएर खन्दै थिए त कोही ढुंगा निकाल्दै थिए, केही भने ढुंगा एकत्रित गर्दै थिए ।
नगरपालिकाले थालेको अभियानमा अहिलेसम्म सबैभन्दा ठूलो संख्यामा गरेको श्रमदान भएको नगर प्रमुखका स्वकीय सचिव लाेक बहादुर बुढाले बताए ।

टिकापुर नगरपालिकाका मेयर रामलाल डगाैरा थारुले टिकापुरलाई गुलाबकाे शहर बनाउने अभियानको शंषघाेष गरे संगै यस कार्यमा टिकापुरका विभिन्न निजि तथा सामुदायिक संघसंस्थाले आफैं श्रमदानमा जुटेका छन् ।`स्थानीय सरकारले थालेको अभियानमा यसरी सबैजना जुटे सरकारलाई सहयोग पनि हुने अपनत्व पनि बढ्ने ´ जनश्रमदानमा सहभागी रहेका शिक्षक रघु उपाध्यायले भने ।

टिकापुर नगरपालिका शिक्षा ,युवा तथा खेलकुद शाखा अधिकृत नरेश अवस्थिका अनुसार शुक्रबार ३५ वटा सामुदायिक विद्यालयका ४६४ जना शिक्षकहरु साे अभियानमा सरिक भएका हुन ।
नगरपालिकाले थालेको श्रमदान अभियानमा अहिलेसम्म शिद्धार्थ विजनेस ग्रुप,परियार सेवा समाज ,टिकापुर ट्युसन सेन्टर , सशस्त्र प्रहरी भन्सार राजस्व तथा शिक्षालय टिकापुरले जनश्रमदान गरिसकेका छन् ।

कस्तो छ गुलाब सिटी बनाउने अभियान ?
टीकापुरलाई गुलाबको सिटी बनाउने अभियान अन्तरगत गतशुक्रवार देखि नगरपालिकाले पालिकाको आँगनमा बाट अभियानको शुरुवात गरेको हो । अभियान अन्तर्गत टीकापुर बजारको मुख्य छ लेन सडकमा थरिथरिका गुलाबका विरुवाहरु रोपिनेछन् । 

टीकापुरको जमरा पुलदेखि बसपार्कसम्म रहेको झण्डै दुई किलोमिटर सडकको दुबैतर्फ रहेका ग्रिन लेनमा तालजाली लगाइएको छ । सोही क्षेत्रमा थरिथरिका गुलाबहरु रोपेर पालिकालाई गुलाबको सिटीका रुपमा विकास गर्ने लक्ष्य रहेको बताइएकाे छ । अभियानका लागि प्रत्येक शुक्रबारलाई श्रमबारका रुपमा जनप्रतिनिधि, पालिकाका कर्मचारीहरुले श्रमदान गर्ने नगर प्रमुख रामलाल डगाैराले बताए । यसमा विभिन्न संघ संस्थाहरु सँगको सहकार्यमा अन्य दिन समेत श्रमदान हुनेछ उनलेे भने । टीकापुरका मुख्य सडक, सार्वजनिक स्थल, प्रत्येक कार्यालय, वडा कार्यालयहरुमा श्रमदानमार्फत् गुबाल लगाइनेछ नगर प्रमुख डगाैराले भने । भ्यालेन्टाइन डे फेब्रुअरी १४ का दिनबाट गुलाब रोपिनेछ । गुलाबसँगै मौसमी तथा बेमौसमी फूल र बिरुवाहरु लगाइनेछ । 
‘यो भ्यालेन्टाइन डेको दिनबाट हामी गुलाब रोप्छौं र अर्को वर्षको भ्यालेन्टाइन डेको दिन गुलाब हेर्ने पर्यटकहरुलाई टीकापुरमा ल्याउने योजना छ’ नगर प्रमुख थारुले भने ‘परम्पराकालदेखि नै यो क्षेत्रमा श्रमदान गरेर थुप्रै कामहरु भएका छन्, सर्वसाधारणले मात्रै श्रमदान गर्ने होइन, सबै वर्ग क्षेत्रले श्रमदान गर्नुपर्छ भन्ने सन्देश दिँदै गुलाबको शहर बनाउने हो ।’ 

हाल टीकापुर पार्कमा विभिन्न ३६ प्रकारका गुलाब छन् । तिनै गुलाबका विरुवाहरुलाई रोप्दै जाने र एक वर्षमा गुलाबको सिटी बनाउने योजना पालिकाको छ । नगर प्रमुख थारुले शुरुवाती चरणमा पालिका, वडामा र छ लेन सडकमा गुलाब रोप्ने तयारी भैरहेको बताए ।
 
गुलाबको शहर बनाउन नगरपालिकाले चालु आर्थिक वर्षका लागि २५ लाख बजेट विनियोजन गरेको छ । सो बजेटबाट तारजाली लगाउने, गुलाब रोपिनेछ भने आगामी वर्षमा समेत सो कार्यक्रम लाई निरन्तरता दिइने नगर प्रमुख थारुले जानकारी दिए ।


प्रकाशित : २०८१ माघ २५ शुक्रबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप