लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

भारतको कुम्भ मेला गएका पत्रकार कोइराला ६ दिन देखि बेपत्ता

भारतमा चलिरहेको कुम्भ मेलामा गएका राजापुरका पत्रकार केशव कोइराला विगत ६ दिन देखि बेपत्ता भएका छन् । राजापुर एफएम बर्दियाका प्रबन्ध निर्देशक समेत रहेका कोइराला माघ २६ गते देखि भारतको अयोध्याबाट बेपत्ता भएका हुन् ।

१ सय ४४ वर्षपछि लागेको प्रयागराज कुम्भ मेलामा स्नान गर्न पत्रकार कोइराला माघ २४ गते घरबाट निस्किएको उनकी श्रीमति शोभा कोइरालाले बताइन् । ‘माघ २५ गते कुम्भ स्नान गरी फर्किदा बनारससम्म सम्पर्कमा हुनुहुन्थ्यो,’ शोभाले भनिन्,‘माघ २६ गते अयोध्याको राम मन्दिर दर्शन गर्ने क्रममा रातिबाट बेपत्ता भएको साथमा गएका साथीले जनाएका छन् ।’ उनको खोजतलास गर्दासमेत नभेटिएको साथमा गएका साथीले जवाफ दिएका छन् ।

बेपत्ता पत्रकारको खोजी गर्न प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा र प्रहरी उपरीक्षक केदार खनालसँग कुरा गरेको नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मल घिमिरेले बताए । ‘उहाँहरूले फागुन २ गते (भोली शुक्रबार) काउन्टर पार्टसँगको मिटिङमा कुरा गर्ने जनाउनु भएको छ,’अध्यक्ष घिमिरेले भने,‘थप खोजीको लागि बेपत्ता पत्रकार कोइरालाको श्रीमतिलाई भोली शुक्रबार गुलरिया बोलाएका छौँ ।’ परराष्ट्र मन्त्रालयबाट खोजी कार्यको लागि पहल गर्नेसमेत अध्यक्ष घिमिरेले जनाएका छन् ।


प्रकाशित : २०८१ फाल्गुन १ बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप