खक्राैला / प्रहरी चाैकि कालाकुण्डाले खक्रौला स्थित चेकपोस्ट बाट लागुऔषध ब्राउन सुगर सहित लम्किका दुई जना युवालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लम्कि चुहा नगरपालिका वडा नम्बर ४ बलिया बस्ने १८ वर्षका नवीन चाैधरि र लम्कि २ बस्ने वर्ष २५ का राहुल शाही रहेका छन ।
सुपप्र ०१०१२ प १८८९ माेटर साइकल बाट भारतीय बजार तिकुनियाँ बाट नेपाल फर्कंदै गर्दा चेकजाँच गर्ने क्रममा कालाकुण्डा प्रहरीले पक्राउ गरेको हो ।
नवीन चाैधरिले मुख भित्र च्यापेर राखेको अवस्थामा ५१० मिलि ग्राम खैरो हेराेइन जस्तो देखिने (लागू पदार्थ) फेला पारेपछी प्रहरी चाैकिले दुबैलाई पक्राउ गरेको बताइएको छ ।
कालाकुण्डा बाट खटिएको प्रहरि बरिष्ठ नायब निरिक्षक नरेन्द्र बहादुर चन्दकाे कमान्डमा खटिएको टोलीले चेक जाँच गर्दा फेला पारेको हो ।