सत्ती/ टीकापुर ९ खक्रौलाबाट लागू औषध सहित २ जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा टीकापुर नगरपालिका वडा नं. ७ नारायणपुर बस्ने बर्ष २४ को अरूण श्रीवास्तव र सत्ती बस्ने वर्ष २२को संजय विष्ट रहेका छन ।
उनीहरुबाट कुल शुद्द तौल १ ग्राम ७९० मिलिग्राम लागु औषध (खैरो हेरोईन) बरामद गरिएको हो । से ६ प.६५९१ नं. को स्कुटरमा सवार उनीहरुलाई खानतलासी गर्दा चालक अरूण श्रीवास्तवले लगाएको हेल्मेट भित्र लुकाईएको अवस्थामा खैरो हेरोईन फेला परेको हो ।
प्रहरी चौकी कालाकुण्डाबाट खटीएको प्रहरी टोलीले मंगलबार साँझ करिब ६ बजेको समयमा टीकापुर नगरपालिका वडा नं.९ खक्रौला स्थित प्रहरी चेकपोष्टबाट उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार यस बारे थप अनुसन्धान भैरहेको छ ।