कैलालीको टिकापुरबाट एक युवक लागूऔषधसहित पक्राउ परेका छन्।
टीकापुर नगरपालिका–९ खक्रौला सडक खण्डबाट बर्दियाको राजापुर नगरपालिका–१ हिमालिपुर बस्ने २३ वर्षीय पारस थारु लागूऔषधसहित पक्राउ परेका छन्।
थारुलाई १ ग्राम २६० मिलिग्राम खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरि नियन्त्रणमा लिएको हो ।
प्रकाशित : २०८१ चैत्र १८ सोमबार प्रकाशित