लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नियन्त्रणमा लिएको समस्याग्रस्त बाघलाई बर्दिया निकुञ्जमा छाडियो

मंगलबार डार्टिङ गरी नियन्त्रणमा लिइएको बाघलाई दुई दिनपछि बर्दिया राष्ट्रियको बबई उपत्यकामा छाडिएको छ । बबई उपत्यकाको घना जंगल रहेको लामिदारा भन्ने ठाउँमा छाडिएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिकाको जनकनगरस्थित सामुदायिक वनबाट मंगलबार राति समस्याग्रस्त बाघलाई नियन्त्रणमा लिएको थियो ।

दुई सातायता गाउँबस्तीमा पसेर गोठैबाट गाई, गोरु, बाख्रा खाने गरेपछि निकुञ्ज प्रशासनले नियन्त्रणमा लिइएको थियो । राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख अजित तुम्बाहाम्फेले खुल्ला ठाउँ र आहारा प्रशस्त हुने भएकोले समस्याग्रस्त बाघलाई बबई उपत्यकामा छाडिएको बताए । राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोली, नेपाली सेना र बर्दिया निकुञ्जका कर्मचारीको सहयोगमा नियन्त्रणमा लिएको बाघलाई लामिदारा क्षेत्रमा छाडिएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष, बर्दियाका प्रमुख तुम्बाहाम्फेले नियन्त्रणमा लिएको बाघ भाले भएको बताए ।

आहाराको अभावमा बाघ बाहिर निस्केर वस्तु भाव खाने र मानिस माथि आक्रमण गर्ने गरेकोले समस्याग्रस्त भनिने गरेको छ । निकुञ्जको ठाकुरद्वारा र रम्मापुरमा चार वटा समस्याग्रस्त बाघ खोरमा राखिएको छ । खोरको अभावमा समातिएका बाघ पुनः निकुञ्जको खोरमा छाडिने गरेको छ । पछिल्लो गणना अनुसार बर्दिया निकुञ्जमा १ सय २५ वटा बाघ रहेका छन् ।

उक्त बाघ क्यामेरा ट्रापिङमा पटक पटक कैद भएपछि प्राविधिक टोलीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको बाघ समस्याग्रस्त भएको डाक्टर सुवेदीले बताए । फागुन १७ गते बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको नवरंगा बाँझपुर सामुदायिक वनमा गाई, भैंसी चराउन गएका राजापुर नगरपालिका—१० कालाबन्जरका करिब ६२ वर्षीय लालबहादुर चौधरीलाई मारेको थियो ।

गत कात्तिक १५ गते बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघलाई डार्ट गरी नियन्त्रणमा लिइएको थियो । उक्त बाघ निकुञ्जको मुख्यालयको खोरमा छ । गाई, गोरु चराउन मध्यवर्ती क्षेत्रको झारीमा पुगेका गेरुवा गाउँपालिका–४ राजीपुरका किसानलाई बाघले आक्रमणमा गर्दा ६८ वर्षीय लहानु थारुको मृत्यु भएको थियो । नियन्त्रणमा लिएको बाघलाई पशु एम्बुलेन्समा ल्याइने भएको छ । निकुञ्जको मुख्यालय ठाकुरद्वारामा बाघ राख्ने दुई वटा खोर नभएकोले रम्मापुरमा उद्धार केन्द्रमा पठाइने प्रमुख संरक्षण अधिकृत श्रेष्ठले जनाए ।

साभार : Kantipur


प्रकाशित : २०८१ चैत्र २९ शुक्रबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप