कैलालीमा लागुऔषध दुर्व्यशनी र अवैध रुपमा हुने चोरी तस्करीको अवस्था भयावह हुँदै गएको छ ।
गत एक वर्षमा मात्रै कैलालीमा लागुऔषधसहित ८३ जना महिला र ६८७ जना पुरुष गरि ७ सय ७० जना पक्राउ परेको र ११ करोड बढिको अवैध सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक गरेको तथ्यांकले देखाउँछ ।
एस.पी.पदम बहादुर विष्टको नेतृत्वमा १३ महिनाको अवधिमा लागुऔषध दुर्व्यशनी सम्बन्धी ५०५ वटा मुद्दा दर्ता भएका छन् ।
लागुऔषध मुद्दामा एक सालमा भएका गतिविधिहरु :
-कुल ५०५ वटा मुद्दा दर्ता
बरामद लागुऔषध:
-७४.७४८ किलो चरेश
-३.२४० किलो गाँजा
-६४४.६५७ ग्राम खैरो हेरोइन
-७९८० वटा प्रतिबन्धित ट्याबलेट
-१५ बोतल ओनेरेक्स
एसपी विष्टले लागुऔषध दुर्व्यसनमा विद्यालय उमेर समूहका बालबालिका समेत फसिरहेको भन्दै, यसलाई नियन्त्रण गर्न प्रहरी मात्र नभई अभिभावक, शिक्षक र समुदायको सहयोग आवश्यक रहेको बताएका छन्। समुदाय प्रहरी साझेदारी कार्यक्रममार्फत सचेतनामूलक अभियान चलाइएको जानकारी समेत दिएका छन्।
यसैगरी ,एस.पि. विष्ट भन्छन “लागुऔषध दुर्व्यशनीपछि कैलालीमा सबैभन्दा सम्स्या भनेको भारतबाट हुने चोरी तस्करी र काठ तस्करी हो । जसलाई हामीले सकेसम्म नियन्त्रण गर्ने प्रयास गरिरहेका छौं । मेरो नेतृत्व आयपछी मात्र हामीले चोरी पैठारी र काठ तस्करीमा करिव ५६ जनालाई पक्राउ गरिसकेका छौं ।
हालसम्म चोरी तस्करी मुद्दामा :
-३६ जना पक्राउ
-११ करोड ५ लाख बराबरको अवैध सामान बरामद
-सामग्री ओसारपसारमा प्रयोग भएका ८६ सवारीसाधन नियन्त्रणमा
– काठ तस्करीमा २५ जना पक्राउ
-१,६९७ क्युफिट काठ बरामद (मूल्य ३९ लाख ५५ हजार)
कैलाली प्रहरीको एक वर्षको अन्य गतिविधिको तथ्यांक :
फरार प्रतिवादी नियन्त्रण:
-६३७ जना पक्राउ
– जम्मा १७३ वर्ष २ दिन कैद र १ करोड २६ लाख जरिवाना असुली
जुवातास र अवैध उत्खनन:
-३१५ जना जुवातासमा पक्राउ,
-१९.७३ लाख नगद बरामद
-वालुवा-गिट्टी उत्खननमा १७.७१ लाख जरिवाना ।