बैदि/टीकापुर नगरपालिका वडा नं ७ बैदी स्थित आदर्श टाेल विकास संस्थाले उत्कृष्ट विधार्थी र एकल महिलालाई सम्मान गरेको छ ।
बिहीबार आयोजित एक कार्यक्रमका बिच विद्यार्थी र एकल महिलालाई साे सम्मान गरिएको हो ।
कर्णालि मावि सत्ति ,सेती मैयाँ मावि झुँगा, भानुभक्त आधारभूत विद्यालय खक्राैला,बाेर्डर लाइन पब्लिक स्कुल बैदि र जनता मावि बैदिका गरि २० जना विधार्थीलाई कापीकलम र ५ जना एकल महिलालाई झुल र टर्च प्रदान गरिएको हो ।
साे कार्यक्रम टोल विकास संस्थाका अध्यक्ष गाेविन्द काेइरालाकाे अध्यक्षतामा भएको थियो भने टिकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारु प्रमुख अतिथि रहेका थिए भने विशिष्ट अतिथिमा टिकापुर नगर विकास समितिका पुर्व अध्यक्ष फकिरसिंह कडायत रहेका थिए ।
यसैगरि अतिथिहरुमा टिकापुर नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष यज्ञ न्याैपाने, वडा नम्बर ८ का वडा अध्यक्ष दिर्घ ठकुल्ला,
कार्यपालिका सदस्य मञ्जु विक ,रेडक्रस कैलाली जिल्ला सदस्य टाेप बहादुर केसी ,सहकर्मी समाजका फिल्ड अफिसर नवराज जाेशि लगायतका अन्य महानुभाव रहेका थिए । टिकापुर नगरपालिकामा १ सय ६६ वटा टोल विकास संस्था रहेका छन् ।
साे टोल विकास संस्थाले गतवर्ष जाजरकोटका भुकम्प पिडितकाे घर श्रमदान तथा खाद्यान्न सहयोग गरेको थियो । कार्यक्रममा बाेल्ने वक्ताहरुले इच्छाशक्ति भए पछि सहयोगीहरुकाे साथ लिएर काम गर्न सकिन्छ भन्ने काे उदाहरण आदर्श टोल विकास संस्थाले गरेको भन्दै सानो सहयोग भए पनि विद्यार्थीलाई र एकल महिलालाई सहयोग गरेकोमा टोल विकास संस्थाको प्रशंसा गरेका थिए ।
साे कार्यक्रमका लागि लक्ष्मि नारायण बहुउद्देश्यीय सहकारी संस्था नारायणपुर,सत्कार बुक्स एण्ड स्टेशनर्स टिकापुर,कविता पुस्तक पसल नारायणपुर,अर्जुन केसी ( हाल राेमानिया) ले सहयोग गरेको टोल विकास संस्थाका अध्यक्ष गाेविन्द काेइरालाले जानकारी दिए ।