कैलालीबाट करिब १८ लाख अवैध रकम सहित २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कैलाली जिल्ला टीकापुर नगरपालिका वडा नं.१ ब्लक नंबर १४ बस्ने अर्मन चौधरी रहेका छन । चौधरीको साथबाट ५,३१,४००।- रुपैयाँ (पाँच लाख एकतिस हजार चार सय रुपैयाँ ) बरामद गरिएको छ ।
प्रहरीका अनुसार “अर्मन चौधरीले संचालन गरेको अर्मन धागा एण्ड टेलरिङ सप्लायर्स नामक पसलमा श्रोत नखुलेको अवैध भारतीय रुपैयाँ लुकाई छिपाई गरी राखिएको छ ” भन्ने विशेष सुचनाको आधारमा चौधरीलाई पसलको अघि बसिरहेको अवस्थामा पक्राउ गरिएको हो । चौधरीलाई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय कोहलपुर बाँके पठाईएको छ ।
यस्तै,कैलाली कै भजनी नगरपालिका–५ गुलरीयाघाटबाट भारतको लखिमपुर खिरी तिकुनियाका ३२ वर्षीय अमन कुमार गर्गलाई ८ लाख ९६ हजार ६ सय ६० नेपाली रुपैयाँ सहित पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय, पृथ्वीपुरले मङ्गलवार उनलाई युपी ३२ एचएच ६५५३ नम्बरको भारतीय मोटरसाइकल सवार रहेको बेलामा पक्राउ गरेको हो। प्रहरीले उनलाई अवैध रकम र मोटरसाइकलसहित भन्सार कार्यालय, सत्ती पठाएको छ।