लागूऔषध मुद्दामा फरार टीकापुरका एक जना पक्राउ परेका छन्।
लागूऔषध मुद्दामा १ महिना कैद सजाय तोकिएपछि फरार रहेका टीकापुर नगरपालिका-३ कटानपुर बस्ने २१ वर्षीय बिक्रम ओड पक्राउ परेका हुन्।
ओडलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले सोमवार उनकै घरबाट पक्राउ गरेको हो।
प्रकाशित : २०८२ बैशाख ३० मंगलवार प्रकाशित