सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ३३ अर्ब ४७ करोड रुपैयाँको बजेट प्रस्तुत गर्दै योजना सहितको विस्तृत कार्यक्रम पुस्तिका सार्वजनिक गरेको छ।
बजेट प्रस्तुतका क्रममा कुल बजेटमध्ये चालु खर्चतर्फ १० अर्ब २० करोड (३०.४९%) र पुँजीगत खर्चतर्फ १९ अर्ब ८३ करोड (५९.२५%) विनियोजन गरिएको छ।
बजेटमा सबैभन्दा बढी १५ अर्ब ४० करोड बजेट भौतिक पूर्वाधार विकास मन्त्रालयलाई छुट्याइएको छ। कृषि, सामाजिक विकास, पर्यटन, र आन्तरिक मामिला मन्त्रालयलाई पनि उल्लेख्य रकम विनियोजन गरिएको छ।
बजेटका स्रोतमा आन्तरिक राजस्व, राजस्व बाँडफाँट, समानीकरण अनुदान, अघिल्लो वर्षको बचत, सशर्त र विशेष अनुदान समावेश छन्।
प्रत्यक्ष र समानुपातिक प्रदेशसभा सदस्यका योजनाका लागि क्रमशः ५ करोड र ३ करोड बजेट छुट्याइएको छ।
📊 बजेट विवरण
•चालु खर्च: १० अर्ब २० करोड (३०.४९%)
•पुँजीगत खर्च: १९ अर्ब ८३ करोड (५९.२५%)
•अन्तरवित्तीय हस्तान्तरण: ३ अर्ब ४२ करोड ७७ लाख
•वित्तीय व्यवस्था: १ करोड
🏛️ कुन मन्त्रालयहरूलाई कति बजेट ?
•भौतिक पूर्वाधार: १५ अर्ब ४० करोड ३० लाख
•कृषि तथा सहकारी: ३ अर्ब ३० करोड १० लाख
•सामाजिक विकास: ७ अर्ब ७ करोड ४ लाख
•उद्योग, पर्यटन, वन: २ अर्ब ३४ करोड ४८ लाख
•आन्तरिक मामिला तथा कानुन: ३६ करोड ४ लाख
👥 प्रदेशसभा सदस्य योजनाहरू
प्रत्यक्ष: ५ करोड
समानुपातिक: ३ करोड
🏦 मुख्य आम्दानी स्रोत
-आन्तरिक राजस्व: १ अर्ब ६५ करोड
-राजस्व बाँडफाँट: ९ अर्ब ८७ करोड २५ लाख
-आर्थिक वर्ष २०८१-०८२ मा विनियोजनबाट बचत हुने : ७ अर्ब ६६ करोड ६३ लाख
-संघिय रोयल्टी बाँडफाँड : ८ करोड
-वित्तीय समानीकरण अनुदान: ८ अर्ब ९२ करोड ५६ लाख
-अन्य अनुदान (सशर्त, समपूरक, विशेष): करिब ५ अर्ब २८ करोड