लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

सञ्चालक र कर्मचारीलाई एकदिने क्षमता अभिवृद्धि तालिम

बेलुवा / टिकापुर नगरपालिका वडा नम्बर ६ स्थित लक्ष्मी नारायण बहुउद्देश्यीय सहकारी संस्थाकाे आयोजनामा सञ्चालक तथा कर्मचारीहरुका लागि क्षमता अभिवृद्धि तालिम सुरु भएको छ ।

शनिबार भएको एकदिने तालिममा सहकारीका सञ्चालक,कर्मचारी ,लेखा सुपरिवेक्षण समिति ,ऋण उपसमिति र बजार प्रतिनिधिहरुकाे सहभागीतामा भएको साे तालिमकाे सहजकर्ता राष्ट्रिय सहकारी बैंक सुदुर पश्चिम प्रदेश प्रमुख हिरालाल वि. क., राष्ट्रिय सहकारी बैंकका कर्जा शाखा प्रमुख चिरञ्जीवी वडु रहेको लक्ष्मी नारायण बहुउद्देश्यीय सहकारीका व्यवस्थापक यज्ञराज खनालले बताए ।

तालिमको उद्घाटन कार्यक्रममा बाेल्दै राष्ट्रिय सहकारी बैंक सुदुर पश्चिम प्रदेश प्रमुख हिरालाल विकले स्थानीय ,जिल्ला हुँदै प्रदेश सम्म लक्ष्मी नारायण बहुउद्देश्यीय सहकारी सफल सहकारीको रुपमा नाम कमाउन सफल भएको र क्षमता विकास तालिमले अझै सबै सहभागीहरुमा उर्जा थप्ने बताएका थिए ।

कार्यक्रममा सहकारीका अध्यक्ष कपुरसिंह कडायतले शेयर सदस्यकाे विस्वास, कर्मचारीकाे लगनशीलता माथि सञ्चालकले हाेस्टेमा हैसे प्रदान गरेको हुनाले सफल हुँदै र समुदायको विस्वास जित्दै गएको बताएका थिए ।

सहकारीका अध्यक्ष कपुरसिंह कडायतकाे अध्यक्षतामा भएको साे तालिमकाे प्रमुख अतिथि टिकापुर नगरपालिका वडा नम्बर ७ का अध्यक्ष यज्ञ न्याैपाने रहेका थिए ।
तालिमको संचालन सचिव ओपेन्द्र खड्काले गरेको कार्यक्रममा सहभागीलाई स्वागत काेषाध्यक्ष नृप कडायतले गरेका थिए ।


प्रकाशित : २०८२ चैत्र २८ शनिबार प्रकाशित

ताजा समाचार
  • Ad
    Advertisement