प्रतिनिधिसभाका उपसभामुख रुवीकुमारी ठाकुरले आजदेखि पदभार ग्रहण गरेकी छन् । 
यही २७ चैतको प्रतिनिधिसभा बैठकबाट उक्त पदमा निर्वाचित उपसभामुख ठाकुरले सिंहदरबारस्थित कार्यालयमा पुगेर पदबहाली गरेकी हुन् । ठाकुरले आजै सभामुख डोलप्रसाद अर्यालसँग पहिलो औपचारिक भेट गरेकी छन् ।


सभामुख अर्यालले उपसभामुख अर्याललाई बधाई तथा शुभकामना दिएको सभामुखको सचिवालयले जनाएको छ ।
प्रकाशित : २०८३ बैशाख १ मंगलवार प्रकाशित













समाचार
