लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

विभिन्न माग राख्दै स्ववियुले बुझायो टीकापुर नगरपालिका समक्ष ध्यानाकर्षण पत्र

मोहित श्रीपाइली ,टीकापुर/वीरेन्द्र विद्या मन्दिर क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले टीकापुर नगरपालिकाका कार्यवाहक नगरप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत समक्ष ध्यानाकर्षण पत्र बुझाएको छ।

स्ववियुले टीकापुर क्षेत्रमा रहेका विद्यार्थी तथा समाजका साझा मुद्दामा निरन्तर खबरदारी, समझदारी र सहकार्य गर्दै आएको उल्लेख गर्दै विद्यार्थीहरूले भोगिरहेका विभिन्न समस्याको समाधानका लागि नगरपालिकाको ध्यानाकर्षण गराएको जनाएको छ।

यसअघि पनि विद्यालय तथा विद्यार्थीसँग सम्बन्धित समस्याहरू समेटेर ध्यानाकर्षण पत्र बुझाइएको भए पनि ती समस्याहरू पूर्ण रूपमा कार्यान्वयनमा नआएको गुनासो स्ववियुले गरेको छ। त्यसैले उक्त विषयलाई गम्भीरतापूर्वक लिई छिटो समाधान गर्न नगरपालिकासँग आग्रह गरिएको छ।

स्ववियुले खडक चोकदेखि वीरेन्द्र विद्या मन्दिर क्याम्पससम्मको सडक खण्डमा २ हजारभन्दा बढी विद्यार्थी दैनिक आवतजावत गर्ने भएकाले सडक व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने बताएको छ। उक्त सडक आसपासका होटल तथा व्यवसायीबाट निस्कने फोहोर पानी सडकमै मिसाइने गरिएकोले दुर्गन्ध फैलिनुका साथै दुर्घटनाको जोखिम बढेको भन्दै तत्काल ढल निकासाको व्यवस्था गर्न माग गरिएको छ।

त्यस्तै, वर्षायाममा सडकमा पानी जम्ने र खाल्डाखुल्डीका कारण विद्यार्थीहरू पटक–पटक दुर्घटनामा परेको गुनासो आएको भन्दै उक्त सडक गार्बिल गरी कालोपत्रे गर्न पनि माग गरिएको छ।

क्याम्पस गेट आसपास फोहोर राख्ने डस्टबिनको व्यवस्था नभएकाले नगरपालिकाले दुवैतर्फ डस्टबिन राख्नुपर्ने, खडक चोकदेखि क्याम्पस गेटसम्मका पसल तथा संस्थाहरूले आफ्ना सवारी साधन आफ्नो परिसरभित्र पार्किङ गर्नुपर्ने व्यवस्था मिलाउनुपर्ने पनि स्ववियुको माग छ।

त्यसैगरी, टीकापुर नगरपालिकाले शैक्षिक संस्थाबाट १०० मिटर दूरीभित्र धुम्रपान, मद्यपान तथा सुर्तिजन्य पदार्थ बिक्री गर्न नपाइने सूचना जारी गरेको भए पनि वीरेन्द्र विद्या मन्दिर क्याम्पस आसपासका पसलहरूमा उक्त नियम कार्यान्वयन नभएको भन्दै त्यसलाई कडाइका साथ लागू गर्न स्ववियुले माग गरेको छ।


प्रकाशित : २०८२ चैत्र २ सोमबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप