लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

कैलालीका पाँच निर्वाचन क्षेत्रबाट ७८ जनाको उम्मेदवारी, महिला संख्या कम

कैलाली / प्रतिनिधि सभा निर्वाचनका लागि कैलालीका पाँच निर्वाचन क्षेत्रबाट ७८ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

मनोनयन दर्ता प्रक्रिया सकिँदै गर्दा पाँच क्षेत्रमा पहिले निर्वाचित भइसकेका नेताहरू पुनः चुनावी मैदानमा उत्रिएका छन् । विभिन्न राजनीतिक दल तथा स्वतन्त्रतर्फबाट गरी विगतमा संसद्‍मा पुगिसकेका उम्मेदवारहरू यसपटक पनि चुनावमा होमिएका हुन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार सबै पार्टीका उम्मेदवारहरूले मनोनयन दर्ता गराइसकेका छन् । जस अनुसार क्षेत्र नं १ बाट ६ जना स्वतन्त्र उम्मेदवारसहित १९ जनाको उम्मेदवारी परेको छ । जसमध्ये महिला उम्मेदवार ३ जना मात्र छन् ।

क्षेत्र नं २ मा ३ जना स्वतन्त्र गरि १६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यो क्षेत्रमा पनि २ जना मात्रै महिला उम्मेदवार रहेका छन् । क्षेत्र नं. ३ मा स्वतन्त्र उम्मेदवारी परेको छैन । पार्टीबाट ११ जनाको उम्मेदवारी परेको यो क्षेत्रमा पनि २ जना मात्रै महिला उम्मेदवार छन् ।

यस्तै क्षेत्र नं ४ मा १ जना स्वतन्त्र उम्मेदवारसहित १७ जनाले मनोनयन दर्ता गराए । जसमा महिला १ जना मात्रै छन् । यता क्षेत्र नं ५ मा ३ जना स्वतन्त्र गरी १६ जनाको उम्मेदवारी दर्ता हुँदा महिला उम्मेदवार ३ जना रहेका छन् ।

कैलाली क्षेत्र नं ५ मा नेपाली कांग्रेसबाट नरनारायण शाह, नेपाली कम्युनिष्ट पार्टीबाट प्रेम आलेबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । यहाँ रास्वपाबाट आनन्दबहादुर चन्द, मितेरी पार्टी नेपालबाट राधिकाकुमारी कार्की, प्यारेलाल राना र जनकराज पाठक स्वतन्त्रबाट, राप्रपाबाट रोशन शाही लगायतले मनोनयन दर्ता गराएका छन् ।

मनोनयन दर्ता विवरण हेर्दा महिला उम्मेदवारको संख्या एकदमै कम देखिएको छ । केही दलबाट महिलाले उम्मेदवारी दर्ता गराए पनि समग्रमा पुरुष उम्मेदवारकै वर्चस्व छ । पाँच वटै निर्वाचन क्षेत्र गरी जम्मा ११ जना महिलाको उम्मेदवारी परेको छ । राजनीतिक क्षेत्रमा समावेशिताको कुरा पटक–पटक उठे पनि प्रत्यक्ष निर्वाचनमा महिलाको उपस्थिति अझै कमजोर रहेको आजको मनोनयन दर्ताले देखाएको छ ।

मनोनयन दर्ता सूचीमा प्रमुख दलहरूका साथै केही साना दल र स्वतन्त्र उम्मेदवारको उपस्थिति पनि देखिन्छ । दलहरूले यसपटक पनि जित सुनिश्चित गर्ने उद्देश्यले पहिल्यै परीक्षण भइसकेका, संगठनमा पकड भएका र मतदातामाझ परिचित अनुहारलाई अघि सारेका छन् । दलभित्र नयाँ नेतृत्व विकासको चर्चा भए पनि प्रत्यक्ष निर्वाचनमा कैलालीमा त्यसको प्रभाव नगन्य देखिएको छ ।


प्रकाशित : २०८२ माघ ६ मंगलवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप