लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

कैलालीमा मतपेटिका संकलन गरिँदै, कहिले र कहाँ हुन्छ गणना ?

कैलालीका पाँच वटै निर्वाचन क्षेत्रमा मतदान सकिएको छ । साढे पाँच लाख मतदाता रहेको जिल्लामा झण्डै ५५ प्रतिशत मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ ।

सबै क्षेत्रमा मतपेटिका मतगणना स्थलमा पुर्‍याउन थालिएको निर्वाचन कार्यालयले जनाएको छ । सर्वदलीय बैठकमा सहमति जुटे आजै मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत भुवन थापाले जानकारी दिए ।

कैलाली– १ को मतगणना निर्वाचन अधिकृतको कार्यालयमै हुने छ । निर्वाचन अधिकृत देवराज भारतीका अनुसार निर्वाचन अधिकृतको कार्यालय सिटी हलमा छ ।

यस्तै, कैलाली क्षेत्र नम्बर-२ को मतगणना भने लम्कीचुहा नगरपालिका वडा नम्बर २ मा रहेको राष्ट्रिय माबि मोतिपुरमा हुने जनाइएको छ । कैलाली– ३ को मतगणनाका लागि पनि स्थान तयारी अवस्थामा राखिएको छ ।

घोडाघोडी बहुमुखी क्याम्पसको चौथो तलामा मतगणना हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कैलाली– ४ को निर्वाचन अधिकृतको कार्यालयले पनि मतगणना स्थल तोकिसकेको छ ।

निर्वाचन अधिकृत हरिप्रसाद शर्माका अनुसार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा मतगणना हुने छ । कैलाली– ५ को मतगणना स्थल प्रदेश स्वास्थ्य तालिम केन्द्र धनगढीमा हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।


प्रकाशित : २०८२ फाल्गुन २१ बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप