टीकापुर/ प्रतिनिधि सभा निर्वाचन अन्तर्गत कैलाली क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार कोमल ज्ञवाली विजयी हुनुभएको छ। ज्ञवालीले १७ हजार ८२६ मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको हो। यस क्षेत्रमा जडा गाडेर बलिया दलहरुलाई उछिन्दै ज्ञवाली विजयी भएकी हुन ।
उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार जनकराज चौधरीले १२ हजार ९४५ मत प्राप्त गर्नुभएको छ।

त्यस्तै, टीकापुर नगरपालिकाको नगर प्रमुख पदबाट राजीनामा दिएर उम्मेदवार बन्नुभएका रामलाल डगौरा थारुले ८ हजार ३९२ मत प्राप्त गर्नुभएको छ। नेकपा एमालेका उम्मेदवार द्वारिकाप्रसाद न्यौपानेले ४ हजार ४९३ मत प्राप्त गर्नुभएको छ।
ज्ञवाली यसअघि तत्कालीन नागरिक उन्मुक्ति पार्टीका संस्थापक केन्द्रीय कोषाध्यक्ष समेत रहनुभएको थियो। निर्वाचनअघि मात्रै उहाँ रास्वपामा प्रवेश गर्नुभएको हो।
करीब १ लाख ८ हजार ४९१ मतदाता रहेको यस क्षेत्रमा फागुन २१ गते कुल मतदाताको ५४.४ % प्रतिशत अर्थात ५९ हजार ६१ मतदाताले मतदान गरेका थियो।











समाचार 