लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

टीकापुर नगरपालिकाका कर्मचारीको स्तरवृद्धि अनियमित ठहर

२०७७ पौष २७ गतेको नगर सभाबाट कर्मचारीको एक तह स्तरवृद्धि गर्ने निर्णय भएको थियो । यस्तो निर्णय गर्दा पालिकाले सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगको परामर्श लिनुपर्ने कानूनी व्यवस्था छ । नगरपालिकाले आयोगसँग त्यस्तो परामर्श नलिएको प्रतिवेदनमा उल्लेख छ ।

सुदूरपश्चिम प्रदेश लोकसेवा आयोग ऐन, २०७६ को दफा ७(४) (क) मा स्थानीय सरकारी सेवाको पदमा ६ महिना भन्दा बढी समयका लागि नियुक्ति गर्दा उमेदवारको उपयुक्तताको विषयमा, दफा ७(४) (ख) मा स्थानीय सेवाको पदमा कर्मचारीको सेवा, शर्त सम्बन्धी कानूनको विषयमा र दफा ७(४) (ग) मा स्थानीय सेवाको पदमा बढुवा गर्दा अपनाउनुपर्ने सामान्य सिद्धान्तको विषयमा सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगको परामर्श लिनुपर्ने व्यवस्था छ ।

त्यसैगरी ऐनको दफा ५५ मा ऐन अनुसार आयोगको परामर्श लिनुपर्ने कुनै कामकारवाही आयोगको परामर्श बिना भएको अवस्थामा आयोगाले त्यस्तो काम कारवाही बदर गर्न सक्ने व्यवस्था समेत रहेको प्रतिवेदनमा उल्लेख छ ।

साथै प्रतिवेदनको बुँदा नम्बर ३६ मा करारका कर्मचारी नियुक्त गर्दा प्रतिस्पर्धा नगरेको उल्लेख छ ।  सो वर्ष नगरपालिकाले कार्यालय सहयोगी, स्वास्थ्यकर्मी लगायत विभिन्न पदमा ९८ जना कर्मचारी नियुक्त गरेको छ । प्रतिवेदनले तिनै करारका कर्मचारीका लागि नगरपालिकाले ३ करोड ५२ लाख ५४ हजार ५ रुपैयाँ खर्च गरेको जनाएको छ ।


प्रकाशित : २०८२ असार ५ बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप