लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

राजापुरमा चितुवाको आक्रमणबाट ६ वर्षिय बालकको मृत्यु

राजापुरमा चितुवाको आक्रमणबाट बुधबार एक बालकको मृत्यु भएको छ । बर्दिया जिल्ला राजापुर नगरपालिका–१० कालाबन्जरका ६ वर्षीय आदित्य चौधरीको चितुवाको आक्रमणबाट बुधबार साँझ मृत्यु भएको हो ।

घर आँगनमा खेलिरहेको अवस्थामा चितुवाले उनलाई आक्रमण गरी घाइते बनाएको थियो । उपचारको लागि तत्काल बर्दिया अस्पताल पुर्‍याउँदा चिकित्सकले बालकलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रमेश विष्टले बताए ।

‘चितुवाले सुरुमा बालकलाई आक्रमण गरेर घाइते बनायो,’ डिएसपी विष्टले भने, ‘चितुवालाई भगाउन गएका अन्य तीनजनालाई पनि आक्रमण गरी घाइते बनायो ।’ उनका अनुसार राजापुर नगरपालिका–१० कालाबन्जरका ४१ वर्षीय कृतिमान थारु, ४१ वर्षीय धनीराम थारु र ३८ वर्षीय श्यामलाल थारु घाइते भएका छन् । उनीहरूको नेपालगन्जस्थित उपचार भइरहेको र अवस्था सामान्य रहेको जनाइएको छ ।

यस्तै, बुधबार साँझ ५ बजेतिरै गुलरिया नगरपालिका–२ संगमवस्तीका ५० वर्षीय नसरुदिन गुज्जरलाई चितुवाले आक्रमण गरी घाइते बनाएको छ । गुज्जर र उनकी श्रीमति खेतमा घाँस काट्न गएको बेला चितुवाले आक्रमण गरेको हो । गुज्जरकी श्रीमतिले होहल्ला गर्दा चितुवा भागेको थियो । गुज्जरको घाँटी र कम्मरमा चोट लागेको छ । उनको बर्दिया अस्पतालमा उपचार भइरहेको डिएसपी विष्टले जानकारी दिए ।


प्रकाशित : २०८२ फाल्गुन २० बुधबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप