लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

बर्दियामा बुहारीलाई कुटपिट गर्ने एक पक्राउ

सार्वजनिक स्थलमा बुहारी कुट्नेलाई प्रहरीले पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ । बारबर्दिया नगरपालिका–११ विजयनगरका ५३ वर्षीय भर्थरी चौधरीले बुधबार बुहारी २६ वर्षीया प्रमिलालाई घरबाट कुट्दै सार्वजनिक स्थलमा लगेर हात, लात्तीले हिर्काउँदै बेहोस हुनेगरी कुटपीट गरेको प्रहरीले जनाएको छ ।

उनले कुटपिट गरेको भिडियो समेत भाइरल भएको थियो । कुटपिट नगर भन्दै श्रीमती लगायत स्थानीय महिलाले रोकथाम गर्ने प्रयास गरेका थिए । तर उनले ती महिलामाथि नै हातपातको प्रयास गरेका थिए ।

मदिरा पिएर कुटपिट गरेका भर्थरीले यसअघि पनि आफूलाई कुटपिट गर्दे आएको पीडित प्रमिलाले बताइन् । ‘मोबाइलमा फिल्म हेरिरहेको समय ससुराले एकाएक कुटपिट सुरु गर्नुभयो,’ उनले भनिन्, ‘मेरो शरीरमा निकै चोट लागेकोले दुखाइ भइरहेको छ, कपाल लुछ्दै लात्तीले हिकाउँदै घर बाहिर ल्याएर कुटपिट गर्नु भयो ।’

प्रमिलाका श्रीमान् ताप्लेजुङमा मजदुरी गर्न गएका छन् ।प्रहरीले अभियोगी भर्थरीलाई बिहीबार इलाका प्रहरी कार्यालय, बासगढीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बासगढीका प्रहरी निरीक्षक सुधिर खड्काले बुहारीमाथि बेहोस हुने गरी कुटपिट गरेका भर्थरीमाथि हदैसम्म लाग्ने मुद्दामा कारबाही चलाउने बताए ।

अनुसन्धानको क्रममा भर्थरी मदिरा पिएपछि त्रासले गाउँले उनको नजिक पुग्न आँट गर्ने हिम्मत गर्दन्थे । उनी गाउँलेलाई समेत हातपात गर्दै आएको प्रहरीले जनाएको छ ।


प्रकाशित : २०८० श्रावण ३२ बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप