लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

१५ किलो सुन र तीन करोड भारतीय रुपैयाँ सहित नेपाली पक्राउ

टीकापुर / भारतबाट नगद र सुन चोरेर आएका तीनजना नेपाली आज तिकुनीयाँबाट पक्राउ परेका छन । भारतीय प्रहरीले उनीहरुको साथबाट ३ करोड भारतीय रुपैयाँ र १५ किलो सुन बरामद गरेको जानकारी प्राप्त भएको छ ।

पक्राउ पर्नेमा टीकापुर नगरपालिका–८ कर्मीडाँडाका शंकर साउँद र उनकी श्रीमतीका साथै बर्दियाका एक चौधरी थर भएका व्यक्ति रहेको अनुमान गरिएको छ । उनीहरुले भारतको हरियाढणा भन्ने ठाउँबाट चोरी गरेर आएको बताईएको छ ।

सशस्त्र प्रहरी सिमा सुरक्षा बल खक्रौलाका डिएसपी जंग कुँवरले तिकुनीयाँको बसपार्कबाट नेपाली पक्राउ परेको भन्ने सुन्नमा आएको भएपनि विस्तृत जानकारी प्राप्त नभएको बताए । उनले घटनाका बारेमा भारतीय पक्षसँग सोधपुछ भैरहेको जानकारी दिए ।


प्रकाशित : २०८० असार २८ बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप