लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

कैलालीका अधिकांश क्षेत्रमा बाढी, कयौं परिवार विस्थापित

कैलालीका साना ठुला नदीमा पानीको सतह बढेर गाउँ पस्न थालेपछि तटीय क्षेत्रका स्थानीयहरू विस्थापित हुन थालेका छन् ।1431-300×134.jpg” alt=”” width=”300″ height=”134″ class=”alignnone size-medium wp-image-8794″ />

कर्णाली नदीको बहावले सतर्कता तह पार गरेको छ। लगातारको वर्षाका कारण कर्णाली नदीको चिसापानी क्षेत्रमा जल सतह १०. ८ मिटर पुगेको छ।यहाँ जल सतह १० मिटर पुगेका सतर्कता तह पार गरेको र तटीय क्षेत्रमा बाढीको जोखिम रहन्छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार सतर्कता तह पार गरेपछि कैलाली र बर्दियाका नागरिकका मोबाइलमा सतर्कता अपनाउन एसएमएस पठाइएको छ। यस क्षेत्रमा सोमबारसम्म बाढीको जोखिम छ।

ehgLdf 8’afg
ehgL,!( c;f/M
s}nfnLsf] ehgL gu/kflnsf j8f g+ !, 7]Ë/k’/l:yt sfG›f gbLdf cfPsf] af9L k;]/ a:tL 8’afgdf . af9Laf6 lj:yflkt ePsf gful/snfO{ ;’/lIft ug]{ sfd ;f] If]qdf eO/x]sf] 5 . tl:a/M emngfy vgfn÷/f;;

अहिले पनि पानी परिरहेको हुँदा अझै जल सतह बढ्ने जनाइएको छ । सम्भावित खतराबाट जोगिन नदी तटीय क्षेत्रका स्थानीयलाई सतर्क रहन भनिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । उनका अनुसार मोहना नदीमा पनि जल सतह ३ मिटर पुगिसकेको छ । कन्द्रा र खुटिया नदीमा पनि पानीको बहाव बढिरहेको उनले बताए । यी चार कैलालीका प्रमुख नदी हुन् । यी नदीमा जल सतह बढ्दा कैलालीको दक्षिणी भाग डुबानमा पर्ने हुन्छ ।

अहिले पनि जोशीपुर, टिकापुर, भजनी लगायतका केही बस्तीहरू डुबानमा परिसकेका छन् । जोशीपुर गाउँपालिका ३ मा काँडा नदी बस्तीमा परेपछि १८ जना विस्थापित भइसकेका छन् । ७ पुरुष ८ महिला र तीन बालबालिकालाई स्थानीय विद्यालय र सामुदायीक वनको भवनमा राखिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जोशीले जानकारी दिए । मोहना नदीको पानीले धनगढी उपमहानगरपालिका १९ को बस्ती जोखिममा परेको छ ।

यहाँ रहेको सशस्त्र प्रहरी कार्यालयको विओपी नै डुबानमा परेको छ । टिकापुर वडा नम्बर ६ मा पथरैया नदी बस्ती पस्दा ४० परिवार विस्थापित भएका छन् । उनीहरूलाई पनि सुरक्षित ठाउँमा ल्याइएको छ । भजनीका केही बस्तीहरू पनि डुबानको चपेटामा परेका छन् । यहाँका स्थानीयहरू हुलाकी सडकमा आएर बसिरहेका छन् ।


प्रकाशित : २०८१ असार २३ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप